Thursday, November 24, 2016

हिमालको काखमा तेस्रो धाम

sdfsfsafsafsafsfsf

ऐतिहासिक, पुरातात्विक, साँस्कृति सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालिन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात÷जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरु, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, बाईसे र चौविसे राज्य मध्ये दुईवटा राज्य, काठमाण्डौं, लुम्विनी पछि दैलेख जिल्ला नेपाल कै ‘तेस्रो धाम’मा पर्ने गर्दछ । यहाँका वर्षौदेखि माटो मुनि दविहेर रहेका दुर्लभ महत्वका पुराना र प्राकृतिक स्रोत साधनलाई उत्खनन् गरेर प्रयोगमा ल्याउने सके दैलेख जिल्लामात्र नभई देशको नै मुहार फेरिने सम्भावनाहरु रहेका छन । जिल्लालाई पञ्चकोशी क्षेत्रको रुपमा पनि चिनिन्छ ।

m1-768x576-copy

सम्पदाहरुको हिसावले दैलेखलाई विश्व खुल्ला संग्रहालयको रुपमा पनि लिईने गरिएको छ । मानव सभ्यातादेखि अहिलेको युगसम्म निहालेर हेर्ने हो भने केही वर्ष अघि ओझेलमा परेको देखिएता पनि तत्कालिन माओवादीले चलाएको दश वर्षे जनयुद्धको अन्त्यसँगै विकासको गतिमा निकै फड्को मारेको छ । द्धन्द्धले जिल्लाको समग्र रुपमा सवै क्षेत्रमा सामान्य असर गरेका पनि त्यो दिर्घकालिन ठूलै असर पार्न सकेन । पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका केही भौतिक संरचनाहरु पुर्नः निर्माण गरि गरिएका छन ।

जिल्लाभर छरपटकरुपमा रहेका ऐतिहासिक भौतिक संचरनाहरुको केही हदसम्म संरक्षण भएका छन । पछिल्लो समयमा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनिन पुगेका छन । बाह्य तथा आन्तरिक पर्यटकहरु दिनप्रतिदन जिल्लाको अध्ययन÷अवलोकन गर्न आउने गुम्ने गरेका छन । आन्तरिक तथा बाह्य पर्यटका लागि यी स्थानहरु रहेका छन । शिरस्थान क्षेत्रमा पानी माथि आगो बल्नु, नाभिस्थान क्षेत्रमा वषौंदेखि ईन्द्र ज्वाला र गडी ज्वाला प्रज्जवलित हुनु, पादुकास्थान क्षेत्रमा चौधौं शताब्दीमा निर्मित वलौटे ढुङ्गामा कुदिएका गरुडासन, धुलेश्वर क्षेत्रमा मृत ज्वालामूखीको एकमात्र अवशेष, कोटीला क्षेत्रमा ठुलठुला पार्षण खण्डहरु रहेका छन ।

यस अलवा महावुलेक, रानीमत्ता गुराँले लेक, बेहुलीको लेक, राकम फाँट, राहीली त्रिपानी, चालिस मुलको चाल्लेमूल, ताउदाखर, देशको दोस्रो लामो झरना, गुफा र ओडार, तल्लोडुङ्गेश्वर, वालेश्वर मन्दिर, वेलासपुर मन्दिर, नारायण मन्दिर, गणेश र शिव मन्दिर, वाणगंगा, किर्तिखम्ब, पौवा, दुल्लु दरवार, वेलासपुर दरवार, मुग्राहा धारा, पाथरनाउली, कोत गढी, मण्डप, सपाट, गुम्बज शैली, ¥उाउ÷¥याउको धारो, खम्बर, देवल, थरहरुको उद्गम स्थल, ग्रामीण पर्यटन, कृषि पर्यटन, युद्ध पर्यटन, खनिज सम्पदा, कला संस्कृति र साहित्यले जस्ता मूर्त र अमूर्त सम्पदाहरुको खानी छन । जिल्लामा रहेका इतिहासिक प्राकृतिक र सँस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन जिल्लावासी यतिखेर रातादिन आ–आफ्नो क्षेत्रबाट सक्दो प्रचार–प्रसारको प्रयास गरेका छन । जसले दैलेख नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनिन पुगेको छ । अहिले आएर जीवनमा एक पटक अनिवाय दैलेख जिल्ला घुम्नुपर्ने ठाउँ हो भन्ने मानिको संख्यामा बृद्धि हुदै गहिरहेको छ । जुन असाध्यै सरहानीय पूर्ण कार्य हो । यतिमात्र नभएर जलस्रोतमा जिल्ला निकै धनि छ । नेपालका ३ वटा मुख्य नदी मध्य कर्णाली नदीबाटमात्र १० हजार ८ सय मेगावाट विद्युत उत्पान हुने सम्भाब्यता निकालिएको छ । राजा महेन्द्रले वि.स. २०१६ सालमा अमेरिका भ्रमणमा जाँदा तत्कालिन राष्ट्रपति आइजन हावरसँग अनुरोध गरी पहिलो पटक कर्णाली नदीलाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयोजकत्वमा अध्ययनमा ल्याउँदा कर्णाली नदीको अध्ययन कार्य सम्पन्न गरिएको थियो । पेट्रोलियम पदार्थको खानी पनि जिल्लामा रहेको छ ।

वि.स. २०६८ साल चैत्रको तेस्रो साता पुरातात्विक विभागबाट नेपालको दैलेख जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरुको विषयमा स्थलगत अध्यानको लागि आयो । एक साताको वृस्तित अध्ययपछि जिल्लामा रहेका सवै सरोकारवालाहरुसँगको छलफलमा दैलेख जिल्ला सम्पदाको दृष्टिले नेपालकै तेस्रो धनी जिल्ला भएको प्रतिवेदन निकालि सकेको छ । वाईस÷चौविसे राज्य मध्ये दुल्लु र वेलापसुर राज्य गरी दुईवटा राज्य यहाँ रहको छन । त्यसैले आज दैलेखलाई ६ नम्बर प्रदेशको राजधानी बनाउनु पर्दछ भन्ने आवाजहरु उठेका छन । यहाँ यो पंक्ति लेखिरहदा कतै प्रदेशिक राज्य बनाउदा उत्तम नै रहेको छ , किन भने दैलेख सवै वस्तुको अध्ययन अवलोकन गर्दा अन्य जिल्ला भन्दा केही आकर्षित, विकसित र धार्मिक दृष्टिले प्रख्यात रहेको छ ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

8888-copy

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...