Tuesday, November 1, 2016

डिसीमा नेवा अर्गनाइजेसन अफ अमेरिकाको म्ह पूजा सम्पन्न

dsc02298डिसी महानगर क्षेत्रमा स्थापित नेवा: समुदायको प्रतिष्ठित संस्था नेवा अर्गनाइजेसन अफ अमेरिकाले गत अक्टोबर ३१ तारिख मेरी ल्याण्डमा म्ह पूजा सम्पन्न गरेको छ l कार्तिक शुक्ल प्रतिपदाका दिन नेवा समुदायका मानिसले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने परम्परा छ ।

आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत रहेको छ । उक्त कार्यक्रम एनओए भाषा केन्द्रको पहलमा गरिएको हो भने बिगत सन् २००६ देखि नै यसलाई निरन्तरता दिदै आएको छ l

dsc02313अमेरिकामा जन्मेका बालबालिकालाई नेवा भाषा सहित बिबिध अतिरिक्त क्रियाकलापमा समर्पित उक्त उक्त भाषा केन्द्रले हरेक बर्ष म्ह पूजाको व्यवस्था गराउने गरेको छ l उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रममा वर्ल्ड नेवा अर्गनाइजेसन सभापति सिजन श्रेष्ठको साथै नेपालबाटआएका अतिथिहरुको पनि सहभागिता रहेको थियो l

कार्यक्रममा डिसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो भने नेपाली राजदुताबासका उप नियोग प्रमुख जीवन प्रकाश श्रेष्ठ तथा आर्थिक सल्लाहकार कैलाश राज पोख्रेल परिवार सहित सहभागिता जनाएका थिए l

dsc02329

म्ह पुजामा नेवा अर्गनाइजेसन अफ अमेरिकाको तर्फ बाट नेवा सगुन तथा नेवा भोजको आयोजना गरिएको थियो l कुल मिलाएर १ सय १० जनाले म्ह पुजा गरेका थिए l उक्त पुजामा अनुपस्थिति रहेका नेवा समुदायका पुरोहित बासव राजोपाध्यायले लिखित रुपमा छोडेका पुजाका बिधि तथा निर्देशन अनुसार सम्पूर्ण पाठ गरिएको थियो l

म्ह पूजा सँगै नेपालको मौलिक संवत् नेपाल संवत् ११३५ को नयाँ वर्ष पनि सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

कार्यक्रममा शङ्खधर साख्वाःको नेपालको पहिलो सजिब (एनिमेटेड) चलचित्र आगामी डिसेम्बर ११ तारिखमा देखाइने जानकारी दिइएको थियो l

dsc09182 dsc02341

dsc09274 dsc09289 dsc09260

dsc09196

dsc02335 dsc02330

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...