Sunday, November 27, 2016

फर्मासुटिकल प्रबन्धक संघले सन्चय कोष लगायत अन्य मुद्धामा ठोस कदम चाल्ने

surjit

गत सेप्टेम्बर १० ,२०१६ तारिखमा फर्मासुटिकल मारकेटिंग एक्जीक्युटीव एसोसिएसन अफ नेपाल (पीईएन)को १४औं महाधिवेशनबाट निर्वाचित नया कार्यकारी समितिले संस्था तथा सदस्यहरुको हक र हितको लागि आफुले राखेका कार्यसूची अनुसार कदम चाली रहेको बताएको छ l

उक्त संस्थाका सभापति सुरजित दत्तले अमेरिकाको डीसी बाट संचालित पत्रिका इनेप्लिज संग कुराकानी गर्दै संस्थाका धेरै समस्या रहेको बताउदै संस्था तथा सदस्यहरुको लागि समस्या समाधानको लागि जोडतोडका साथ काम गरि रहेको बताए l

सभापति दत्तले भारतीय औषधि कम्पनीमा कार्यरत साथीहरुको सन्चय कोष निकाल्नको लागि भारतमा नै बैंक खाता हुनु पर्छ भने l तर नेपाली नागरिकको बैंक खाता नभएकोले कम्पनीको जागिर छोडेका कर्मचारीले सन्च्य कोष लिन नपाएको बताए l

जागिर छोडेका र कार्यरत साथीहरुले सन्चय कोष पाउनु पर्छ त्यस्को लागि ठोस कदम शिघ्र चाल्ने बताए l दत्तले अगाडी भने अधिकांस कम्पनिका बजारीकरणमा हिड्ने कर्मचारीलाई भेटघाट पत्र(भीजीटिङ्ग कार्ड )मात्र दिने प्रचलन रहेकोले प्रतिष्ठानको परिचय पत्र दिने नपाईएकोले त्यस तर्फ हाम्री ध्यानाकर्षण भएकोले त्यस्मा काम गर्ने जानकारी दिए l

यसै गरि स्वदेशी कम्पनी होस या बिदेशी कम्पनि नेपाली पात्रो अनुसार चाड पर्व अनुसार तथा बिमा सम्बन्धि पनि फरक नियम रहेकोले त्यस तर्फ नेपाल औषधिगत विक्री प्रबन्धक सङ्गठन (पीइएन)ले काम गर्ने तरखरमा रहेको छ दत्तले भने l

यसै गरि भारत र नेपालमा तलब भत्ता पनि फरक फरक छन् l बिदेश कम्पनीहरुले आ-आफ्नो शाखा कार्यालय नेपालमा नै खोल्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै भारतीय कम्पनीले कर्मचारीको बैंक खाता भारतमा नै खोली सन्चय कोषको लागी पहल गरि दिनु पर्छ l र कर्तब्यको क्रममा दुर्घटना हुन गएमा सम्पुर्ण खर्च कम्पनिले ले बेहोर्नु पर्छ भन्ने हाम्रो धारणा समेत रहेकोले यस्को लागि संस्थागत पहल हुने बताए l

हाम्रो पदको अनुसार राज्यले मान्यता दिनु पर्छ यी सम्पूर्ण मुद्दाको लागी सुरुवातमा सम्बन्धित कम्पनीहरु सित बार्ता गर्ने छौ। यस्ता माँग तथा आग्रहलाई अस्विकार गरे चरणबद्ध शान्तिपुर्ण आन्दोलन गर्ने छौ भन्दै साथै राज्यको सम्बन्धि निकायमा ध्यानाकर्षण गराउने समेत जानकारी दिइएको छ l

सभापति दत्तले भर्खरै सांसद श्रम ऐन प्रस्तुत भएको नियुक्ति र निष्काशित तथा काम गरे को दिन मात्र भुक्तान गर्ने बिषयमा जानकारी दिदै त्यो पुजीपतिको पक्ष मा भएकोले संस्थाको तर्फबाट घोर भत्सर्ना गर्दै त्यस्को बिरुद्ध समेत आवाज उठाउने छौ भने l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...