Monday, November 21, 2016

राप्रपामा प्रवेश गरिन् गायिका कोमल वली

unnamed-3

काठमाडौं, ६ मंसिर । गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा समारोहमा वलीलाई फूलमालासहित पार्टी प्रवेश गराएर अध्यक्ष कमल थापाले ‘सरप्राइज’ दिए । ‘म त्यसै छोड्नेवाला छैन, मसँग खुसीको कुरा छ’ भन्दै अध्यक्ष थापाले वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिएर समारोहमा उपस्थित सबैलाई सरप्राइज दिएका थिए । त्यसपछि वलीलाई राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले स्वागत गरेका थिए । गायिका वली हाल रेडियो नेपालमा कार्यरत छिन् । दाङ घर भएकी उनले ‘राजनीति’ नामक फिल्ममा राजेश हमालसँग अभिनय समेत गरेकी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...