Wednesday, November 9, 2016

स्विटजरल्याण्डको जेनेभामा तिहार कार्यक्रम सम्पन्न

14976048_10208104254708719_12902382_oहिन्दुहरुको दोश्रो महान चाड “तिहार”को उपलक्ष्यमा गत ६ अक्टोवर आइतवारका दिन स्विटजरल्याण्डको जेनेभामा सम्पन्न भएको छ I स्थानीय कलाकारहरु लगाएत युरोपको नेपाली समुदायमा चर्चित गायक तुलसी सिवाकोटी र बिष्णु क्षेत्रिको बिशेष प्रस्तुतिमा ढिलै भए पनि स्विटजरल्याण्डबासि नेपाली, नेपाल प्रेमी बिदेशीहरुले हर्ष उल्लासका साथ मनाए I

गायक तुलसी सिवाकोटी र बिष्णु क्षेत्रिले आ-आफ्नो चर्चित गितहरुका साथै अरु लोक प्रिय नेपाली कभर गितहरु गाउँदै उपस्थित सबैलाई नचाएका थिय I गायक सिवाकोटी र क्षेत्रिले पस्केका बिभिन्न सांगीतिक आवाजहरु उपस्थित स्विटजरल्याण्डबासिहरुका लागि एक खुसिको नमुना बनेर बसेको छ I
गत बर्षहरुमा तिहार कार्यक्रम जन सम्पर्क समिति स्विटजरल्याण्डले जुरिचमा गर्दै आएता पनि यस पालि भने उक्त समितिको उपाध्यक्ष श्याम सापकोटाको पहलमा जेनेभामा गरिएको थियो I कार्यक्रममा स्विटजरल्याण्डबासि नेपालीहरु लगाएत नेपाल र नेपाली प्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो I
15007678_10208104254908724_2027262487_o
कार्यक्रममा प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धितालद्वारा दियो बाली सुरु गरिएको थियो I स्विटजरल्याण्डका सम्पूर्ण संघसंथा समाजका प्रतिनिधिहरुको उपस्थित रहेको थियो I कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष राम कुमार महत्तोले गरेका थिय भने कार्यक्रम संयोजन उपाध्यक्ष श्याम सापकोटा, संचालन महासचिव तिलक थापा, स्वागत तथा उद्घोषण समितिका निबर्तमान अध्यक्ष गुण राज शर्माले गरेका थिय भने म्युजिक ब्यबस्थापन समितिका सल्लाहकार हिरा लाल श्रेष्ठले गरेका थिय I
15007904_10208104254508714_1618961700_o
कार्यक्रमलाइ अझ रोचक बनाउन सधै झैँ देउसी भैलोका साथै चिट्ठा खेलाइएको थियो I चिट्ठामा प्रथम पुरस्कार ( ipad ) पर्वतका अभिनाश शर्मालाइ परेको थियो I दोश्रो पुरस्कार (घडी ) सार्गन्सका छेतेन ल्ह्यामुलाइ र २ वटा तेश्रो पुरस्कार (मोबाइल) जेनेभाका बिद्या भन्डारी  र  बर्नका बिकल थापा, सर्प्राइज पुरस्कार बासेलका सन्ध्याले हात पार्न सफल भएका थिय I
आयोजकद्वारा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद दिंदै मिठो नेपाली सेलका लागि जली प्रधान र नेपाली खानाका लागि राज शर्मा प्रति आभार व्यक्त गरेका थिय I
14958015_10208104254268708_384964854_o

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...