Sunday, November 6, 2016

मह जोडीको बेजोड प्रस्तुति संगै एनपीपीए को रजत जयन्ति ऐतिहासिक सफलता पुर्वक सम्पन्न

img_5917

नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति संगै रजत जयन्ति ऐतिहासिक सफलता पुर्वक सम्पन्न भएको छ l नोवेम्बर ४ र ५ तारिख बिबिध अद्वितीय कार्यक्रमहरु प्रस्तुत गर्दै संस्था २५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )लाई अमेरिका झिकाएर कुनै कसर नछोडी कार्यक्रम समापन गरेको छ l

दुई दिन सम्म चलेको रजत जयन्ती समारोह खचाखच भिड रहेको थियो भने मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको हौशला तथा सहभागिता उत्साहजनक रहेको थियो l

img_5962

पहिलो दिन म्ह पूजा त्यतिकै ऐतिहासिक रहन पुगेको थियो भने दोश्रो दिन गणेश पूजा ,औपचारिक कार्यक्रम तथा अन्तिम भब्य सांस्कृतिक कार्यक्रम गर्दै रजत जयन्ति सम्पन्न भएको छ l

मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित औपचारिक कार्यक्रममा नेपालका सांसद सुशील श्रेष्ठ लगायत अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (विधा वारिधि )मदन कृष्ण श्रेष्ठ ,हरि बंश आचार्य महा बाणिज्य दुत प्रेम राजा महत ,सयुक्त राष्ट्र संघ युवा सम्मेलनकि सभापति जोली अमात्य ,डब्लु एनओ का अध्यक्ष सिजन श्रेष्ठ तथा क्यालिफोर्निया स्टेट बिश्व बिद्यालयका अधिष्ठाता (डिन ) तथा संस्थापक अध्यक्ष राम मालाकारले शुभकामना सहित मन्तब्य राखेका थिए l कार्यक्रममा दबु नामक पत्रिकाको बिमोचन मंचमा आसिन सबै अतिथिहरु द्वारा गरिएको थियो l

img_5810

रजत जयन्तको अवसरमा एनपीपीए कार्यक्रमको लागि मात्र बिशेष प्रस्तुति बोकेर अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले एउटा नेवा भाषामा दोहारी गीतमा हास्यब्यंग प्रस्तुत गरेका थिए भने दोश्रो प्रस्तुति विकास र भ्रष्टचार नामक कार्यक्रम गरेका थिए l विकास र भ्रष्टचार प्रस्तुतिको मूल आसय नेपालमा भ्रष्ट्राचारले कसरि जरो गाडेको छ भन्ने चित्रण गरिएको थियो भने पानी मुनि गए पनि भ्रष्ट्राचारले नछोड्ने संदेश दिएको थियो l

img_5803पहिलो पटक प्रस्तुति रहेको उक्त सांस्कृतिक कार्यक्रमअद्वितीय रहन पुगेको थिए भने मह जोडीको प्रस्तुति संगै बुद्ध भजन ,पन्च कुमारी नृत्य ,धिमे नृत्य ,चण्डिका ,नृत्य तथा आकृति खनालले नृत्य प्रस्तुति गरेकी थिइन् l यसै गरि गायक सृजन ताम्राकार ,सरिस्मा अमात्य ,सारना श्रेष्ठ ,राम श्रेष्ठ तथा आशिस भडेलले गित प्रस्तुत गरेका थिए भने कलाकार रतन सुबेदीले कुखुरी का ,रातो भाले क्वायक क्वायक गीतमा अन्य कलाकारले कसरि गाउछन भने हास्य व्यंग्य प्रस्तुति गरेका थिए l

कार्यक्रमको सभापति सरोज प्रजापतिले गरेकी थिइन् भने कार्यक्रम अगाडी नेपाली राष्ट्रिय गीत प्रविन ताम्राकार तथा अमेरिकन राष्ट्रिय गीत साहारा जोशीले गाएकी थिइन् l

img_5726 img_5761img_5817 img_5815

img_5976 img_5979 img_5990 img_5994 img_5998

img_5955 img_5941 img_5905 img_5886 img_5885 img_5863 img_5850 img_5841 img_5838 img_5834 img_5831 img_5829 img_5809 img_5802 img_5783 img_5782 img_5779 img_5778 img_5771 img_5770 img_5768 img_5795

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...