Sunday, November 13, 2016

भूकम्प प्रतिरोधी घर बन्दै

e"sDk k|lt/f]wL 3/ aGb} sfe|]knf~rf]ssf] u}/Llj;f}gf b]pk'/ uflj;–# bg'jf/ j:tLdf e"sDk kZrftsf] k'gMlgdf{0f hLljsf]kfh{g tyf k'gMnfe kl/of]hgfdfkm{t e"sDkkLl8tsf nflu lgdf{0f ePsf gd'gf df]8]nsf e"sDk k|lt/f]wL cfjf; . t:jL/ M o'j/fh kf08], ag]kf, /f;;

बनेपा, २८ कात्तिक । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् ।

भूकम्प पश्चातको पुनःनिर्माण जीविकोपार्जन तथा पुनःलाभ परियोजनामार्फत जिल्लाको नयाँगाउँ देउपुर, गैरीविसौना देउपुर, महादेवस्थान, बालुवापाटी र जैसिथोकमा एकसय १० घर निर्माणाधिन अवस्थामा रहेको ‘द लुथरन वल्र्ड फेडरेसन’ परियोजना प्रवन्धक रितुवर्ण सिलवालले जानकारी दिनुभयो ।

यी गाविसमध्ये सबैभन्दा बढी गैरिबिसौना देउपुरको दनुवार बस्तीमा ६२ घर निर्माणधिन अवस्थामा छन् ।

प्रतिघर रु तीन लाखका दरले आवास सम्बन्धी सामग्री उपलब्ध गराएर गत साउनदेखि सुरु भएको तीन कोठे नमुना घर आगामी माघसम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ ।

ती गाविसमा कुल तीनसय ८७ घर निर्माण हुने जानकारी दिँदै सिलवालले परियोजनामार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि समेत काम भइरहेको बताउनुभयो ।

नयाँ निर्माण भन्दा पनि भत्केका सिँचाइ कुलो पुनःनिर्माण र मर्मतमा जोड दिएको उहाँले बताउनुभयो । ती गाविसमा जनजाति, विपन्न परिवार, दलित समुदाय, अभिभावक गुमाएका बालबालिकाको घर छनोट गरेर पुनःनिर्माण थालिको हो ।

जिल्लाको सात गाविसमा सिँचाइ, विद्यालयको शौचालय निर्माण, खानेपानीे वितरण, सिकर्मी तथा डकर्मी तालिमलगायत जीविकोपार्जनको काम समेत सुरु भएको छ ।

शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका अध्यक्ष शङ्खबुद्ध लामाले सरकारको नीतिका कारण आवास निर्माणको खर्च रु तीन लाखमा झरेको उल्लेख गर्दै रु चार लाख ९६ हजारमा निर्माण हुने भनिएको आवास सरकारले सीमा तोकेपछि पुनः ८७ घर पुनःनिर्मााणका लागि थप गरिएको बताउनुभयो ।

शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका कार्यकारी निर्देशक दिनेश लामाले घर निर्माणका लागि तीन पटकमा सामग्री उपलब्ध गराएर आवास निर्माण भएको बताउनुभयो ।
गौरीबिसौना देउपुरका रामकाजी दनुवारले पानीको अभाव र ढुङ्गाको अभावले संस्थाले दिएको सामग्री मात्रै पर्याप्त नएभकाले घर निर्माण खर्च महँङगो भएको बताउनुभयो ।

‘मेरो मात्रै रु एक लाख लगानी भयोहोला’ उहाँले भन्नुभयो । भूकम्प पश्चातको सो परियोजनामा कुल रु २० करोड ४१ लाख लगानी भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...