Monday, November 28, 2016

संभावना भए केही देशमा गरि खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने

dsc_0103

नोभेम्बर २७, २०१६
कोलोराडो, अमेरीका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १०७ औं देबकोटा जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठि, नया कार्यसमितीलाई कार्यभार हस्तान्तरण र गायक तथा संगितकार बसन्त लम्सालको गिती एल्बम आमा देश र परिवेशको विमोचन भयो ।
बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा सञ्चालन भएको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देबकोटाको तस्विरमा माल्यार्पण गरि सुरु गरिएको थियो । कार्यक्रममा बिमोचित गिती एल्बम आमा देश र परिवेशबाट “संभावना भए केही देशमा गरि खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने” भिडीयो क्लिप हेरिरहंदा उपस्थित सबै स्तब्ध बनेका थिए ।

dsc_0107

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकर्मि मुकुन्दकिशोर भट्टराई विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १७ जना भन्दा बढी कवी, कवयत्री, तथा सर्जकहरुले आना सृजना प्रश्तुत गरेका थिए ।

dsc_0097
कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको उपस्थितीले कार्यक्रमको रौनक बढाएको थियो ।

dsc_0082

गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा महाकवि लक्ष्मीप्रसाद देबकोटाले नेपाली भाषा साहित्यमा पु¥याएका योगदान, मातृ भुमी नेपाल र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथी पदम बिश्वकर्मा, विशेष आतिथी तथा बरिष्ठ कलाकर्मि मुकुन्दकिशोर भट्टराई, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार तथा पत्रकारले गायक तथा संगितकार बसन्त लम्सालको गिती एल्बम आमा, देश र परिवेश संयूक्त रुपमा बिमोचन गरेका थिए ।

dsc_0080

त्यसैगरी हरेक दुई दुई बर्षमा लक्ष्मी जयन्तिको अवशर पारेर नयां कार्यसमितीलाई कार्यभार हस्तान्तरण गरिने गरेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको टिमलाई कार्यभार हस्तान्तरण गरिएको थियो । निर्वाचन समितीका संयोजक बिनोद त्रीपाठीले नव निर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र बितरण गर्दै उनिहरुलाई सफद खुवाएका थिए । यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष , उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश कृष्णमुरारी ढुङ्गेल, मिना पौड्याल, गौतमसागर राई, दामोदर लेईटेल र रमेश कोईराला रहेका छन् ।

dsc_0075

कार्यक्रमको अन्तिम सत्रमा कार्यक्रममा उपस्थित प्रमुख अतिथी, बिशिष्ठ अथिती र अतिथीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको सुभकामना दिएका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा उपाध्यक्ष कपिलदेब सुवेदीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा रमेश गुरुङले बिमोचित गिती एल्बम आमा, देश र परिवेशको समिक्षा गरेका थिए । त्यसैगरि महासचिब दिनेश कार्कीले संस्थाको प्रगती बिवरण र कोषाध्यक्ष रमेश कोईरालाले आर्थिक बिवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा उपस्थित पूर्व बरिष्ठ प्रहरी उपरिक्षक नार्कोन्नका दक्षिण एसिया प्रमुख बसन्त कुंवरले अवशरको खोजीमा बिदेशिएका नेपाली दाजुभाई दिदी बहिनिका धेरै सन्तानहरु लागुपदार्थको कुलतमा फसेको पाईएको हुंदा यसतर्फ बेलैमा सचेतहुन सबैलाई आग्रह गरेका थिए ।

dsc_0071
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

dsc_0060

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...