Sunday, November 20, 2016

आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

भोजपुर, ६ मङ्सिर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्नेे निर्णय गरिएकोे छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्नेे निर्णय गरेको छ ।

बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णय गरियो ।

भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र र स्काभेटरको समेत प्रयोग गरिएको थियो ।

साँघुरो सडक र बाक्लो घर भएका कारण आगो बेलैमा नियन्त्रणमा ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो । आगलागीबाट रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...