Monday, November 21, 2016

जापानमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी

earth

उत्तरपूर्वी जापानमा केन्द्र बनाएर होन्शुमा मंगलवार बिहान ५ बजेर ५९ मिनेट ७.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। र अमेरिकाको पूर्वीय समय ३ बजेर ५९ मिनेटमा जापानमा भूकम्प गएको हो

भूकम्प इबाराकी राज्यको वकी केन्द्र भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको छ। फुकुसिमा क्षेत्रमा त्तकाल सुनामी आउने संम्भावनाका कारण सो क्षेत्रका जनतालाई अग्लो क्षेत्रमा वस्न स्थानिय अधिकारिहरूले जनाएका छन।

त्यहा करिव तीन मिटर अग्लो छाल आउन सक्ने जनाईएको छ। सामाजिक संजाल प्रयोगकर्ताहरूका अनुसार करिव ३० सेकेण्ड लामो झडकाका कारण राजधानी टोकियोका गगन चुम्वि भवनहरू सहित धेरै स्थानमा हल्लाएको थियो।

शक्तिशाली भूकम्पका कारण रेल सेवा केही समयका लागि स्थगित गरिएका छन भने अन्य कुनै क्षतिको विवरण प्राप्त हुन नसकेको जापानी संचारमाध्यमहरूमा जनाईएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...