बज्जिका भाषाको साहित्यकारका लागि स्थापित पहिलो पुरस्कार तुलसी साहित्य पुरस्कारको रकममा पचास हजार रुपैया थप गरिएको छ । पुरस्कारका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धर्मनाथ प्रसाद जयसवालले पुरस्कारको अक्षय कोषमा पचास हजार रुपैया थप गरेका हुन् ।
बज्जिका भाषामा प्रकाशित हुने बज्जिकार्पण साहित्यिक पत्रिकामा एक वर्षभित्र प्रकाशित कवितामध्ये उत्कृष्ट एक कविताका रचयितालाई पाँच हजार एक रुपैया नगद र सम्मानपत्रले पुरस्कृत गरिँदै आएको पुरस्कारको अक्षय कोषमा पचास हजार रुपैया थप गरेका हुन् । थप पचास हजार रुपैयासहित पुरस्कारको अक्षय कोषमा अब डेढ लाख रुपैया पुगेको छ । १११११ रुपैयाको अक्षय कोष स्थापना गरी केन्द्रीय सदस्य जयसवालले निरन्तर रकममा वृद्धि गर्दै एउटा सम्मानित रकम पु¥याएका छन् ।
यसै गरी बज्जिका साहित्यमा सक्रिय बज्जिका साहित्य सङ्गम रौतहटको आगामी एक वर्षसम्म मासिक कार्यक्रम सञ्चालन गर्न केन्द्रीय सदस्य जयसवालले ३० हजार रुपैया प्रदान गरेको संस्थाका अध्यक्ष साहित्यकार श्याम सहनी “चन्द्रांशु”ले जानकारी गराएका छन् । केन्द्रीय सदस्य जयसवालको सदाशयतापूर्ण सहयोगले बज्जिकाको विकासमा अत्यन्त सकारात्मक प्रभाव परेको बज्जिका कवि सञ्जय सुदामाले प्रतिक्रिया दिएका छन् ।
Saturday, November 26, 2016
बज्जिका अक्षय कोषमा पचास हजार रुपैया थप
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment