(AP Photo/Carlos Osorio)
अमेरिकाको निर्वाचन हुन् केवल अब ३ दिन मात्र बाकि रहेको छ l अमेरिकाको ईतिहासमा सर्बाधिक चर्चा तथा परिचर्चा रहेको यस संबेदनशिल निर्वाचनमा संयम अपनाउनु पर्नेमा क्लिन्टन प्रतिष्ठान बारेमा समाचार सम्प्रेषण गर्दा सत्यता नपुगको र झुटो हुन् गएकोमा सार्बजनिक रुपमा माफ मागेका छन् l
समाचार सम्पादन तथा अनुसन्धान नै नगर्दा उनि फसेका हुन् l संचारकर्मी तथा फक्स समाचारका प्रख्यात पत्रकार ब्रेट बेयर यसमा आफु चुकेको हुनाले माफ मागे l मानिस संग गल्ति हुन्छ र पत्रकार पनि मानिस भएकोले उनि त्यसमा चुके l नेपालको राष्ट्रिय दैनिक कान्तिपुर लगायत अन्य पत्रिकाहरु पनि पटक पटक चुक्छन l
कान्तिपुरले अमर गुरुङ को मृत्यु नहुदा नै मृत्यु भयो भनि समाचार प्रकाशित गर्नु र धरान कि एक बानिया नामकी युवतीले झन्डै १ करोड पाएको मौखिक समाचार टिपाउदा सम्पादन नै नगरी प्रकाशित गर्दा गल्ति भएको भनि क्षमा पनि गरेको हो l उनले क्लिन्टन प्रतिष्ठान लाई गत शुक्रबार अमेरिकाको संघीय अनुसन्धान बिभाग (एफबि आई) ले अभियोग लगाउने सम्भावना भनेकोले डेमोक्रेटिक दल उनि माथि खनिएका थिए l
यसै कुरालाई डोनाल्डले चुनाब प्रचार प्रसारमा भजाई यसै कुरालाई मात्र केन्द्रित गर्दै आएका छन् l निर्वाचनको मुखमा मतदातालाई मनोबैज्ञानिक असर समेत पर्ने र नकारात्मक प्रभाव पर्ने भएकोले डेमोक्रेटिक दलले उनलाई ध्यानाकर्षण गराएको हो l
उनले आफुले पटक पटक श्रोत अनुसार सघीय अनुसन्धान बिभाग (एफबि आई) ले अभियोग निर्वाचन पछि लगाउने भन्ने कुरा आफु बाट गल्ति भएको बताएका छन l उनले गत बुधबार यसो भनेका थिए भने अधिकांस संचार माध्यमले यो सत्यतामा आधारित छैन भनि समाचार प्रकाशित गरेका छन् l
No comments:
Post a Comment