Thursday, December 22, 2016

शक्ति प्रदर्शनका लागि एमालेले बनायो महासचिवस्तरीय कार्यदल

ishor-Pokhrelकाठमाडौँ, ७ पुस । नेकपा (एमाले) ले संविधान संशोधनको विरोधमा आगामी पुस २२ गते राजधानीमा आयोजना हुने विपक्षी दलको बृहद् प्रदर्शनका लागि आफ्नो तर्फबाट तयारी सुरु गरेको छ ।

सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध नौ राजनीतिक दलले गर्ने सो प्रदर्शनका लागि एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरी काम सुरु गरेको हो ।

कार्यदलको आज बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसङ्गठन र सम्पर्क मञ्चलाई उक्त दिन आयोजना हुने प्रदर्शनमा सहभागी हुनका लागि निर्देशित गर्दै आ–आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न आह्वान गरेको छ ।

कार्यदलमा केन्द्रीय सचिवालयका सदस्यहरु उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ हुनुुहुन्छ ।

आजै मोर्चा सङ्गठनका प्रमुख विष्टको अध्यक्षतामा बसेको मोर्चा सङ्गठनको बैठकले कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...