Thursday, December 15, 2016

एसिया कप क्रिकेट

काठमाडौँ, ३० मङ्सिर । उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले नेपाललाई २२८ रनको चुनौती दिएको छ ।
श्रीलङ्कामा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाउँदा रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कमल सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।

त्यसैगरी समूह ‘बी’ मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...