Sunday, December 25, 2016

दिलोज्यान लगाएर खेल्नुस् : खेलकुद मन्त्री

झापा, ११ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ ।

धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुग्नुभएका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताउनुभयो ।

“दिलोज्यान लगाएर खेल्नुस्, हामी तपाईहरुको साथमा छौँ,” घाइते खेलाडी विष्टलाई ढाड्स दिँदै खेलकुदमन्त्रीले भन्नुभयो– “जसरी भए पनि आफ्नो प्रतिभा देखाउनुस्, हामी छँदैछौँ नी ।”
“मन्त्रीज्यू हामीलाई प्रशिक्षकको व्यवस्था गरिदिनुस्, नत्र त कसरी खेल्नु ?” घाइते खेलाडी विष्टले भन्नुभयो । मन्त्री श्रीपाइलीले चाँडै नै देशभरि विभिन्न खेलका लागि प्रशिक्षकको व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले खेलाडीका लागि स्वास्थ्य बिमा र भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।

विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेका तिनले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिएका मन्त्री श्रीपाइलीको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...