Saturday, December 17, 2016

ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु

सल्यान, ३ पुस । ट्रयाक्टर दुर्घटना हँुदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।

राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो ।

शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रयाक्टर दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्र्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...