Saturday, December 24, 2016

शुभकामना

bg

मैले गत अंग्रेजी नयाँ सालको उपलक्ष्यमा मेरो जीवनको अनुभव भन्ने लेख लेखिकी थिए, धेरै साथीहरुबाट प्रसंसा पनि पाए। त्यस लेखमा मैले आफ्नो जीवनको अनुभवबाट संसार बदल्ने सोच राखेकी थिए। सायद त्यो कुरा धेरै साथीहरुले ख्याल नराख्न सक्छ त कसैलाई फाल्तू वा अचम्म लाग्न पनि सक्छ त्यही मेरो संसार बदल्ने सोचले मलाई के दियो भन्ने बारे छोटकरीमा यस २०१७ अंग्रेजी नयाँ सालको उपलक्ष्यमा तपाईहरुसग बाड़न चाहान्छु। हामी प्राय जसो धरैलाई थाहा छ, “संसार बदल्नु भन्दा पहिला आफू बदल्नु पर्छ।

त्यस्तै अर्को भनाई छ – संसारमा गाह्रो भनेको आफुलाई बदल्नु हो भनेर” हामीले यी भनाईहरु बर्षों देखि सुनी आएका छौ तर यस भनाईले भन्न खोजेको वास्तबिकता के हो ? किन यसो भनेको होलान ? भनेर मनन भने हामी थोरैले मात्र गरेका छौ। हो त्यही थोरै मध्ये मैले पनि यही भनाईको जवाफ खोजे “खोज तिमीले पाउनेछौ” यो प्रकृतिको नियम हो मैले पनि यसको केहि जवाफ पाए जसले मेरो सोच बदलाई दियो जसले मलाई सत्यसँग नजिक पुर्याउन मदत गरेको छ।

“संसार बदल्नु भन्दा पहिला आफू बदल्नु पर्छ।” तर कसरी? जब संसार बदल्ने सोच लिए यी भनाईहरुको वास्तबिकतासँग म आफ्सेआफ जोडिन पुगे। समस्या भित्र नै समाधानको उपाय लूकेको हुन्छ भने झै संसारमा गाह्रो भनेको आफुलाई बदल्नु हो। आफुलाई गाह्रो लाग्ने वा मन नपर्ने कुरालाई सकारात्मक दृष्ट्रिले हेर्न सक्नु पर्छ भन्ने सोच आयो। म बुद्धिष्ट परिवारमा हुर्किएकी थिए, लामाहरु ध्यान बसेको देखेकी थिए।

बुद्धले कठोर ध्यान बसेर नै बुध्वत्व प्राप्त गरेको कुरा लामाहरुको प्रबचनबाट सुनेकी थिए, किताबमा पनि पढ़ेकी थिए। तर, मलाई ध्यान बसेर आफ्नो खोज गर्नु र आफैलाई बुझ्नु भनेको पटक्कै विश्वास लाग्ने थिएन त्यत्ति मात्र होईन ध्यान बस्नु भनेको समयको बर्बादी हो भन्नाले मैले ध्यानलाई हेड गर्ने थिए।

यही गाह्रो कुरालाई बदल्नु नै मलाई बदल्नु हो भन्ने मलाई लाग्यो र २०१६ सालको मेरो गोल मेडिटेसनको अनुभव लिनु राखे। दिनहु त्यही सम्बन्धी भिडियो हेरे किताब पढ़े साथीहरुसँग कुरा गरे त्यही सिलसिलामा विपसना शिविर केंद्र पुगे बढ़ो जोश, जांगर र उत्सुकताले भरेको शरीर र मन लिएर जसले मलाई जीवन जिउने शैलीको ज्ञान भयो केहि मात्रमा भने पनि।

त्यसलाई आफ्नो जीवनमा अभ्यास गरेर आफुलाई नबुझे सम्म अरुलाई बुझ्न सक्दैन एउटा उदाहरण नून आफुले चाखेर मात्र नुनिलो छ भन्न सकिन्छ तर आफूलाई चिन्ने कसरी? म को हूँ? भन्ने जवाफ खोजिरहेछु। आनी छोयाँगको गीतले भने झै “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार” संसार बास्तबमा जे छ त्यही छ त्यों सबै हाम्रो हेर्ने नजरमा भर पर्छ। हामी कस्तो संसारमा बाच्न चाहान्छौ आफू त्यही बन्नू हो। अरुबाट आफुलाई कस्तो ब्यबहार राम्रो लाग्छ त्यही ब्यबहार अरूसँग आफुले गर्नु हो।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...