Saturday, December 10, 2016

आहा गोल्ड कप को लागि भकुण्डो खेलाडीहरुको अंतिम छनौट डीसीमा हुने

15355843_10154441196143876_27797989216614527_n

नेपाल पोखरामा संचालन हुन गई रहेको आहा गोल्ड कप २०१७ मा सहभागी जनाउन नेपाली अमेरिकन भकुण्डो टोली छनौट डीसीमा हुने भएको छ l आगामी दिसम्बर १७ तारीख डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयर फ्याक्स शहरको ड्रापर ड्राइब पार्कमा हुने तय भएको छ l छनौट प्रक्रिया को प्रारम्भ बिहान ९ बजे देखि १ बजे सम्म हुने जानकारी दिइएको छ l

खेलाडीहरु बिभिन्न राज्यहरु बाट आउने निश्चित भएको छ भने सहभागी हुने खेलाडीको नाम प्रकाशित समेत भएको छ l सबै खेलाड़ीहरुलाई आफुले कहा बाट र खेल्नु पर्ने निर्देशन समेत दिइएको छ l

छनौट को लागि डीसी मा टेक्सास बाट ४ जना ,पेनसेलभानिया बाट १ जना , बाल्टीमोर एथलेटिक क्लब बाट ६ जना ,नर्थक्यारोलिना बाट १ जना , न्यूयॉर्क ओनोनदागा कम्युनिटी कलेज बाट ३ जना ,ओहायो बाट ३ जना ,हैरिसबर्ग बाट १ जना , सनफ्रांसिस्को बाट १ जना , बोस्टन बाट २ जना , डीसीऍफ़सी (क्लब ) बाट ७ जना ,एनवाईएनऍफ़सी (न्यूयर्क ) बाट १० जना ,रौनक बाट २ जना , एनएनएससी भर्जिनिया बाट २ जना र नेब्रास्का बाट १ जना गरी जम्मा ४४ जना सहभागी हुने यस खेललाई संयोजन गर्ने चंद्र लामाले बताएका छन

संयोजक लामाले डीसी क्षेत्रमा खेल हुने भएकोले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न दिसम्बर १७ तारीख उपस्थिति हुन बिसेष आग्रह गरेका छन l अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित नेपाली अमेरिकन सकर समूह निर्माण गरिने छ l

नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडी बढाउने योजना मुताबिक डीसीमा बोलाइने सार्बजनिक गरे पछि त्यतिका नेपाली मूलका खेलाड़ीहरु सहभागी हुन आउने भएका छन l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो l नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ l

सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ l सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता लाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन छ l नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...