Wednesday, December 21, 2016

शैक्षिक संस्थाको विकासमा गाउँलेहरु किन एकजुट भए ? -प्रकाश श्रेष्ठ

supa-samaj-650x551

यूएई । आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुबै मृगौला खराब भई काठमाडौँको भेनस अस्पतालमा उपचार गराई रहेकी ममताको उपचारका लागि केहि मद्दत होस् भनि सुदूर पश्चिम सेवा समाज यूएईले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम क्षेत्रीय समन्वय समितीका संयोजक प्रकाश विक्रम शाहको नाममा पठाईएको सुदूर पश्चिम सेवा समाज यूएईका अध्यक्ष चेत बहादुर थापाले जानकारी दिए । थापाले सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै आउँदा दिनहरुमा पनि समाजले दुःखी पीडितहरुलाई सकिदो सहयोग गरी रहने बताएका छन् । स्मरणीय रहोस् श्रीमती ममतालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराई रहेका बोहराको कुरुवा रहेको अवस्थामा मंसिर १० गते अचानक निधन भएको थियो ।

supa-samaj-help

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...