Saturday, December 17, 2016

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न भएको छ । छैटौं वार्षिकोत्सव समारोहमार्फत संस्थाले डेढ दर्जन भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आइसिटी सम्मान २०१६ बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्र बहादुर बानियाले आइसिटी, पत्रकारीता, सामाजिक, श्ैक्षिक लगायतका विविध क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने एक दर्जनभन्दा भन्दा बढी विशिष्ट व्यक्तिहरुलाई आइसिटी सम्मान– २०१६ बाट सम्मानित समेत गर्नुभएको हो ।

आइसिटी पायोनियर सम्मान – मुनि शाक्यलाई

  आइसिटी पत्रकारीता सम्मान – दिनेश डिसीलाई

माइक्रो, देवनागरी, सुपर र ग्रीन कम्प्युटर आविष्कारक कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई आइसिटी पायोनियर २०१६ बाट सम्मानित गरिएको थियो भने आवाजको दुनियाको साथी कार्यक्रम प्रस्तोता पत्रकार, कलाकार, फिल्म निर्देशक दिनेश डिसीलाई आइसिटी पत्रकारी सम्मान २०१६ बाट सम्मानित गरिएको छ । आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई प्रदान गरिएको छ । त्यस्तै आइसिटी सम्मान –२०१६ क्रमश, सोल्टी होटलका प्रबन्धक बलराम पाठकलाई, वरिष्ठ पत्रकार प्रेम कैदीलाई, आइसिटी व्यवसायी दिपक मल्होत्रालाई, समाजसेवी बाबुकाजी पाठकलाई, स्वतन्त्र राजेश अधिकारीलाई, अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई, वैदेशिक रोजगारी व्यवसायी तथा समाजसेवी तारा भट्टराईलाई, पत्रकार जितेन्द्र जिसीलाई, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलाई, महेश जंग कुवर, कालीमाटी तरकारी व्यवसायी, राजकुमार कुवर राणालाई, समाजसेवी राजेश्वरी श्रेष्ठ लाई , भगवती फुयाल लाई, शिक्षक गोविन्द प्रसाद रुपाखेती लाई , सञ्चारकर्मी माधव खरेल, ज्योतिषविद अच्युतानन्द पोखरेल लाई, सामाजिक अभियन्ता बाबु राजा श्रेष्ठ लाई, युवा बास्तुविद् श्यामबाबु आचार्य, कलाकार एवं सञ्चारकर्मी किरण गौचन लाई, सामाजिक अभियन्ता बद्री राज तिमिल्सिना लाई, गायक तिलक बस्नेत लाई, पत्रकार तथा फोटोग्राफर पुकार तिमिल्सिनालाई, समाजसेवी उपेन्द्र कुमार रावत ज्यू लाई प्रदान गरिएको छ ।

आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई

 आइसिटी सम्मान –२०१६ बाबुकाजी पाठकलाई
 आइसिटी सम्मान –२०१६ सोल्टी होटलका प्रबन्धक बलराम पाठकलाई

  आइसिटी सम्मान –२०१६ वरिष्ठ पत्रकार प्रेम कैदीलाई

आइसिटी सम्मान आइसिटी व्यवसायी दिपक मल्होत्रालाई

आइसिटी सम्मान स्वतन्त्र राजेश अधिकारीलाई

आइसिटी सम्मान नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलाई

आइसिटी सम्मान पत्रकार जितेन्द्र जिसीलाई  

आइसिटी सम्मान वैदेशिक रोजगारी व्यवसायी तथा समाजसेवी तारा भट्टराईलाई

 आइसिटी सम्मान- अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई

आइसिटी सम्मान कालीमाटी तरकारी व्यवसायी, राजकुमार कुवर राणालाई

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...