गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)ले सदस्यता सम्बन्धी सुझाव संकलन कार्यलाई तिब्रता दिदै आएको छ । यसको अन्तिम कार्यक्रम डिसेम्बर १८ तारिक आइतावार बाल्टीमोरमा सम्पन्न भएको हो ।
उपाध्यक्षहरुको नेतृत्वमा सदस्यता वितरण संबन्धी सुझाव तथा अन्य एनआरएन पद्दतीका बारेमा सुझाव संकलन कार्य आगामी तीन महिनाभित्र गरी सक्ने एनआरएनले यस अघिनै निर्णय गरीसकेको छ । सदस्यता सम्बन्धी चेतना अभिबृद्धि र सुझाव संकलन गर्न बाल्टीमोरमा आयोजना गरिएको टाउनहल मिटिंगको एनआरएन उपाध्यक्ष तथा बानाका पूर्व अध्यक्ष रविना थापाले संयोजन गर्नु भएको थियो । एनआरएन अब सदस्यता सम्बन्धी आवश्यक विनियम,नेपालमा बन्दै गरेका एनआरएन कानुन र यस्का लागि मार्ग निर्देशन तयार गर्दै संगठन विस्तारमा गतिशील भएको जानकारी उपाध्यक्ष थापाले दिनु भएको थियो ।
आइतवार सम्पन्न टाउनहल मिटिंगमा एनआरएन सबै आप्रवासी नेपालीको संस्था भएकाले स्थानीय संघ संगठनहरुलाई एनआरएनमा प्रत्यक्ष सहभागी गराउन जोडदार सुझावहरु दिइएको थियो । कार्यक्रमका सहभागीहरुले एनआरएन सबै आप्रवासी नेपालीको साझा र संबैधानिक संस्था भएकाले नेपालीहरुद्धारा संचालित सबै संघ संस्थाहरुलाई एनआरएनको स्वामित्व उपलब्ध गराउने वातावरण तयार गर्न स्थानीय संघ संस्थाहरुलाई प्रत्येक्ष सहभागी गराउन सुझाव गरिएको थियो ।
प्रवासी नेपाली संघ अमेरिकाका महासचिब प्रभु थापाले कार्यक्रममा सुझाव प्रस्तुत गर्दै एनआरएन सबै नेपालीको संस्था भएकाले स्थानीय च्याप्टरहरुको सट्टा नेपाली समुदायका संघ संस्थाहरुलाई नै एनआरएनको सदस्यता वितरण गर्न दिएर सदस्यता शुल्कको निश्चित हिस्सा एनआरएनलाई पठाएमा संगठन विस्तार व्यापक हुनुका साथै सही प्रतिनिधित्व हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
त्यस्तै भेलाका अन्य सहभागीहरुले नयाँ पुस्तालाई परिचय पत्रसहित एनआरएनमा सहभागी गराउनु पर्ने,एनआरएन परिचय पत्र फोटासहितको र व्यबस्थित हुनुपर्ने , सदस्यता केबल मतदाता परिचय पत्र जस्तो निर्वाचन आउन लाग्दामात्र दिने प्रचलनको अन्त हुनुपर्ने सुझाव दिएका थिए ।
भेलामा बाल्टीमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिका(बाना)का अध्यक्ष कुलमाणि आचार्य,उपाध्यक्ष तथा नेपाल टुडेका प्रधान संपादक सतिस चापागाईं महासचिब देब शर्मां, म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारी, जनसंपर्क समिति मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजेन्द्र सेन्चुरी,अमेरिकी डेमोक्र्याट पार्टीका सक्रिय कार्यकर्ता एचबी भण्डारी,एनआरएन केन्द्रीय सदस्य सुशील रेग्मी, एनआरएनएका संस्थापक डा.श्याम कार्की,तरुण पौडेल छलफलमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै बाग्लुंग समाजका अध्यक्ष धिरेन्द्र पराजुली,स्यांझा समाजका अध्यक्ष गजेन्द्र गुरुंग,कास्की समाजका संस्थापक नारायण थापा,सोही संस्थाका वर्तंमान अध्यक्ष कुलप्रसाद गुरुंग,गुरुंग समाजका अध्यक्ष गोपाल गुरुंग,बानाका पूर्व अध्यक्ष क्रीस घिमिरे,म्याग्दी समाजका उपाध्यक्ष अमर छन्त्याल, सोही संस्थाका प्रतिनिधि खगेन्द्र क्षेत्री,तनहू समाजका महासचिब कृष्णजिबी पन्त,नासोका महासचिब पूर्ण बराइली,सुशील महर्जन,डा.भिम कट्टेल र इनेप्लिज डट कमका संस्थापक विश्वराज थापाको कार्यक्रममा सहभागिता थियो । यस्तै भाग्य थापा,रामचन्द्र अधिकारी,सुरेश दर्पण पोख्रेल,कल्पना कार्की,बेल विश्वकर्मा , राजन त्रिपाठी,हिक्मत श्रेष्ठ,विकल पंडित,नेत्र केसी,लक्ष्मी केसी,रश्मी गुरुंग,इन्दिरा कार्की र कमल भण्डारीले पनि सहभागी भएर एनआरएनलाई सुझावहरु दिनुभएको थियो ।
कार्यत्रममा उपाध्यक्ष थापा र संस्थापक डा.श्याम कार्कीले कोरिया एनआरएनका अध्यक्ष राजु क्षेत्री तथा श्रीमति कल्पना क्षेत्रीलाई खादा तथा मालाले स्वागत गर्नु भएको थियो ।
एनआरएनएले यस अघि क्यालिफोर्निया,टेक्सास,नर्थ क्यारोलाइना र न्युयोकमा यस्तै कार्यक्रम सम्पन्न गरी सकेको छ । बालटिमोरमा आइतवार सम्पन्न कार्यक्रममा मेरिल्याण्ड,डिसी, भर्जिनियाबाट प्रतिनिधित्व भएको थियो ।
No comments:
Post a Comment