Sunday, December 18, 2016

प्रतिभाशाली व्यक्ति जोगाउन, दान गर्नुहोस्—महावीर पुन

img_3073

रोमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका महावीर पुनले गरिब देशमा प्रतिभाशाली व्यक्ति जन्मिदैं जन्मिदैंन भन्नु मुर्खता भएको उल्लेख गरेका छन् । राष्ट्रिय आविष्कार केंद्रको महत्वबारे न्युयोर्कवासी माझ शनिबार आफ्नो धारणा राख्ने क्रममा उनले भने, “ ती देशहरुमा पनि प्रतिभाशाली व्यक्ति हुन्छन् तर उनीहरुलाई जोगाएर राख्नुसक्नुपर्छ ।”

गैरआवासिय नेपाली संघ अमेरिकाको साइन्स, टेक्नोलोजी एन्ड एकोनोमिक पोलिसी कमिटीको आयोजना र नेपाल अमेरिकी पत्रकार संघ(नेजा) को समन्वयमा आयोजित उक्त कार्यक्रममा पुनले आविष्कार केन्द«को दिगो व्यवस्थापनको लागि कम्तिमा पनि १० मेगावाटको हाइड्रोपावर बनाउन सके त्यसबाट वार्षिक २० देखि २५ करोड रुपैंया आम्दानी हुने र यसबाट केंद्र संचालन गर्न सहयोग पुग्ने दाबी गरे ।

img_3077

“म अब करिब १ वर्ष संसारभरिका नेपालीहरुमाझ देश विकासका लागि र भावी सन्ततीका लागि दान गर्न आह्वान गर्दछु,” पुनले भने । सन् २०१२ देखि काठमाडौंको लाजिम्पाटमा केन्द«ले आफ्नो काम थालिसकेको जनाउंदै पुनले अब यस कार्यमा जनता नै अघि बढे देश सम्मुनत बाटोमा हिंड्ने उल्लेख गरे ।

img_3076

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...