Thursday, December 22, 2016

रहेनन् चर्चित लोकगायक मधुबाबु थापा

unnamed

काठमाडौँ । लोकगायक मधुबाबु थापाको ६३ वर्षका उमेरमा आज निधन भएको छ । रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले जानकारी दिनुभयो ।

उहाँ आज बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्कनुभएको थियो । सायमीका अनुसार पिता प्रेमबहादुर तथा माता रेवादेवीबाट विसं २०१० वैशाख १५ मा दाङमा उहाँको जन्म भएको हो । उहाँले विसं २०३७ मा ‘आउ माया जालमा बुनु’ गीत पहिलो पटक रेडियो नेपालमा रेकर्ड गराउनुभएको थियो । शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गाउनुभएका दृष्टिविहीन थापा शास्त्रीय सङ्गीतमा तानपुरा बजाउनुहुन्थ्यो । उहाँका ‘काठमाडौँमा दोहरी’, ‘दशराग’ लगायत १० एकल तथा दुई युगल एल्बम प्रकाशित छन् । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने छ । थापाका तीन छोरा र एक छोरी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...