हैदराबादको मौलाना आजाद नेशनल उर्दू विश्व बिद्यालयले बलिवुडका महा नायक शाहरुख खान बिद्या वारिधि उपाधि द्वारा सम्मान गरेको छ l खानलाई दिसम्बर २६ तारीख, सोमबार अनररी डक्टोरेट (मानार्थ विद्यावारिधि ) उपाधि द्वारा भारतको हैदराबादमा संम्मान गरेको हो l
उक्त समारोहमा उनी पारम्परिक दीक्षान्त समारोह वस्त्र सहित कालो चस्मा लगाएर पुगेका थिए l खानले मन्तब्य ब्यक्त गर्दै मेरो आमा भई दिएको भए धेरै ख़ुशी हुन्थिन किनभने मलाई यो सम्मान हैदराबादमा नै प्राप्त भई रहेको छ l
मेरी आमा यही जन्मेकी हुन खानले भने l विश्व बिद्यालयको छैठौ दीक्षांत समारोहमा करीब ४८ हजार अध्ययन समाप्त गरेका छात्रा छात्रलाई समेत शैक्षिक उपाधि (डिग्री )प्रदान गरिएको थियो l समारोहमा मुख्य अतिथि राष्ट्रपति प्रणब मुखर्जी थिए भनी एनडिटीभीमा समाचार छ l
समाचार/तस्बीर :एनडिटीभी तथा खान/ अजवाइसआरकीइन )
No comments:
Post a Comment