Thursday, December 8, 2016

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पोखरामा जुत्ता प्रहार

baburam bhattarai

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई (बिद्या वरिधि )माथि पोखरामा जुत्ता प्रहार भएको छ । दल को विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वीनारायण क्याम्पस (पीएन) पुगेको समय एकजना आक्रोशित विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् ।

जुत्ता प्रहार गरेको आरोपमा प्रहरीले कैलालीको नारायाणपुर– ७ घर भएर पोखराको फूलबारीमा बसोबास गर्ने २९ वर्षिय सञ्जिव भट्टराईलाई पक्राउ गरेको छ। पक्राउ परेका उनी पीएनमै अर्थशास्त्रमा एमएमा अध्ययन गर्छन्। उनी राजनीतिशास्त्रका विद्यार्थी पनि हुन्।

नेताले देश बिगारेकोले बाबुरामको विरोध गरेको पक्राउ परेका भट्टराइले बताए। देश बिगार्ने नेताको विरोध गरेको हुँ,’ उनले भने, ‘मैले कालोझण्डा देखाएको हुँ।’ पक्राउ परेका भट्टराइले जुत्ता हानेको आरोपलाई अस्वीकार गरेका छन्।कालोझण्डा देखाएर भाग्ने क्रममा आफ्नो जुत्ता फुत्केको र त्यही जुत्ता देखेर नेतामाथि प्रहार भएको आरोप लागेको हुनसक्ने उनले बताए।

प्रत्यक्षदर्शी विद्यार्थीले भट्टराईले नै जुत्ता नै प्रहार गरेको दावी गरेका छन्। एकजना प्रत्यक्षदर्शी विद्यार्थी नेताका अनुसार बाहिरी जुत्ताले हान्दा रोष्ट्रममा लागेको थियो। नेता भट्टराइले बोल्नै लाग्दा कालो झण्डा देखाउँदै जुत्ता हानेका हुन्’ ती विद्यार्थी नेताले भने, ‘जुत्ताले भट्टराइलाई चाहिँ लागेन। आफ्नो खुट्टाको जुत्ता भने होइन।’ नागरिक न्यूज ले समाचारले लेखेको छ l

पुलिसले पक्राउ गर्दा भट्टराइको खुट्टामा जुत्ता थिएन। भाग्ने क्रममा उनको मोवाइल पनि फुटेको छ। अपमान प्रयास भए पनि संयोजक भट्टराईले विद्यार्थीको कार्यक्रमलाई १५ मिनेट जति कार्यक्रमलाई सम्बोधन गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...