अमेरिकाको क्यालिफोर्निया राज्य को सान् डियगोमा गत शनिबार दिसम्बर १७ तारीख राती ११ बजेर ४५ मिनटमा नेपाली महिलाको कार दुर्घटनामा परि मृत्यु भएको खबर स्थानीय पत्र पत्रिकाले लेखेका छन l
फक्स न्यूज सान्डियगो डट कम ,प्याच डटकम तथा सीबीएस डटकम ले मृतक ३८ बर्षीय सरिता शाक्य भएको पुष्टि भएको छ l स्वस्थ्य परिचारिका पेसामा संलग्न मृतक शाक्य की ४ बर्षीय छोरीलाई छोडेर गएकी छिन भने दिउसोको समयमा छोरी संग समय दिने र राति काम गर्न रुचाउने भनी सीबीएस ८ को समाचारमा उनका छिमेकीले भनेको कुरा उल्लेख गरेको छ l
शाक्यकी छीमे की क्रिस्टिना मेसीयर ले पहिले दुखत घटना सुनेकी थिइन भनी उक्त सीबीएस ८ को समाचारमा लेखेको छ l मादक पर्दाथ सेवन गरेर चालकले गलत मार्गमा बिपरीत दिशामा कुदाउदा दुर्घटना भई नेपाली महिला शाक्यको ज्यान गएको जनाइएको छ l
मादक पदार्थ सेवन गरेको ३४ बर्षीय महिलाले ४ एस ऱ्यांच क्षेत्रको बाटोमा ठक्कर दिएकी थिइनँ l दुर्घटनाको समय गंभीर घाइते भएकी संदिग्ध महिला मुख्य चोटपटक लागेको भएता पनि उनको अवस्था सुदृढ़ हुदै गएको बताईएको छ l
प्रहरी अधिकृत अनुसार संदिग्ध ३४ बर्षीय को नाम अझ पनि सार्बजनिक गरीएको छैन भने उनले टोयोटा सियाना मिनी भ्यान (सानो गाड़ी ) चलाएको बुझिएको छ l उनले राति ११ बजेर ४५ मिनट मा गलत मार्ग तर्फ चलाई मृतक शाक्यले चलाई रहको टोयोटा कोरोलालाई ठक्कर दिएकी थिइन l
दुईवटा सवारी साधन १६२५० क्यामिनो डेल नोर्टे को पच्छिम तर्फको बाटोको पूर्व क्यामिनो सान बर्नार्डिनोमा ठोकिएको थियो भने मृतक शाक्यले चलाई रहेको गाड़ीमा आगजनी भएको थियो l क्यालिफोर्निया राजमार्ग प्रहरी गस्ती प्रहरी अधिकारी स्टीवन रोबिनसनले मादक पदार्थ सेवन गरी गाड़ी दुर्घटना बनाउने ३४ बर्ष की महिलालाई इंगित गर्दै मृत्यु नभएकोले अब कारगार जाने समय हो भने l
संदिग्ध चालकलाई गत शनिबार १७ तारीख नै स्क्रिप्स मेमोरियल ला जोला अस्पतालमा गंभीर घाइते भए पछि भर्ना गरिएको छ l चालकलाई अस्पतालमा पनि निगरानी साथ पक्राउ साथ सुरक्षा दिई रहेको राजमार्ग गस्ती प्रहरी अधिकारी रोबिनसन द्वारा जानकारी दिईएको छ l
आधिकारिक बिदेशी पत्रिकाका कड़ीहरु :
तस्बीर श्रोत : सीबीएस८
No comments:
Post a Comment