नेपाल चितवन घर भई झन्डै दुई दशक देखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बस्दै आएका डीसी नेपालका संस्थापक अध्यक्ष तथा साइबर सेक्युरिटी अंतरराष्ट्रीयका अध्यक्ष प्रा रामहरि सुबेदी (बिद्या वारिधि ) अहिले नेपाली तथा अंतरराष्ट्रीय समुदाय लाई साइबर (साङ्गणिक) सुरक्षा सम्बन्धी ब्यापक जन चेतना गर्ने अभियानमा लागेका छन l प्रा सुबेदी अंतरराष्ट्रीय समुदायमा पनि जम्दै छन l
साइबर (साङ्गणिक) सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका प्रा डा. रामहरी सुबेदी लाई भ्याई नभ्याई हुन थालेको छ l अमेरिकामा रहेता पनि विश्व भर आफ्नो अभियानलाई हरेक समुदायमा पुगोस भन्ने चाहना राख्दछन l उनले सञ्चालन गरेको डीसीनेपाल डटकम अरुलाई जिम्मा लगाई सकेका छन l
नेपाल उनलाई पानी पधेरो जस्तै भएको छ l कार्यक्रम तय हुन्छ उडी हाल्छन मातृ भूमि l उनलाई पढनु र पढाउनु को चटारो पनि छ l अध्ययन नगरी अध्यापन गर्न आफ्नो नैतिकताले दिदैन सुबेदी भन्छन l र आफुले जानेको कुरा अरुलाई सिकाई एन भने त्यसको कुनै अर्थ हुदैन भन्छन l महा बिद्यालयमा अध्यापनमा पनि ब्यस्त छन प्रा सुबेदी l
आफुलाई साइबर (साङ्गणिक) सुरक्षा सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन पाउदा अंतर आत्मा ख़ुशी हुन्छ भन्दै यसलाई ब्यापक बनाउन आफुले कुनै कसार नछोड़ने प्रतिबद्धता जाहेर गरेका छन l प्रा सुबेदीले अन्य विभिन्न स्थानमा यस सम्बन्धि तालीममा भ्रमण गरि रहेका छन l गत केहि दिन अगाडि नेपाली समुदायलाई पनि जनचेतना हेतुले आफ्नै निवासमा पनि तालीम दिन भ्याई सकेका छन l
यसै क्रममा गत दिसम्बर ११ तारीख डीसी क्षेत्रमा सूडानीज अमेरिकन कम्युनिटी डेवेलपमेंट ( सूडानी अमेरिकन बिकास समुदाय)लाई साइबर अपराध तथा नियन्त्रण सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिए l आफुले अध्ययन गरेका ,जानेका र ब्यबहारिक रुपमा अनुभव गरेका कुराहरुलाई हिस्सा गरे l उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक संजालमा अनाधिकृत प्रवेस (ह्याक) हुन्छ ? र रोक्ने उपाय बताए l
यसै गरि उन्ले बिधुतिय डाक ( इमेल)मा आक्रमण कसरि हुन्छ बारेमा जानकारी प्रस्तुतिकरणको माध्यम बाट अबगत गराए l प्रा सुबेदी (बिद्या वारिधि)ले ९५ प्रतिसत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा अनाधिकृत प्रवेस (ह्याक) हुने बताए l
उनले सबै भन्दा राम्रो पक्ष प्रयोगात्मक रुपमा अफ्रीकन सूडानी समुदायका सहभागीहरुलाई कसरि प्रयोक्ता नाम (युजरनेम)तथा सांकेतिक शब्द(पासवर्ड ) कसरी परिवर्तन गर्ने ,कसरि विषाणु (भाइरस )हटाउने ,मानिसले अत्यधिक प्रयोग गर्ने संचार उपकरण ,वाईफाईको सांकेतिक शब्द पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने बताए l ८० प्रतिसत विषाणु बिधुतिय डाक आउने समेत बताए l
उनले उक्त तालिममा साइबर सम्बन्धि जानकारी दिदै प्रत्येक सेकन्ड मा १४ जना साईबर अपराधको शिकार हुने बताए l उन्ले अपराध सम्बन्धि प्रसंगमा १ सय २९ डलर दिएमा ह्याकरले जो कसैको पनि ह्याक गर्न सक्ने बताउँदा आश्चर्य मानेका थिए l कसरि कम्प्युटरमा भाइरस लाग्छ र समाधान गर्ने उपाय समेत बताउदा उनीहरु निकै हर्षित भएका थिए l
सूडानी अमेरिकन समुदायसबैले कार्यक्रम अति राम्रो ,निकै लाभदायक र उपलब्धि मुलक रहेको बताएका थिए l अधिकांस सहभागिले पुनः तालीम दिन आग्रह प्रा सुबेदिलाई गरेका थिए l
जानकारी दिने क्रममा कसैले आकस्मिक भनेर केहि कुराको आपतकालीन रुपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए l आफ्ना बालबालिकाहर ज्यादा सामाजिक संजालमा जाने हुँदा निगरानी राख्नु पर्ने उपाय बताउँदा निकै सहभागीहरु प्रफुल्ल भएका थिए l प्रा सुबेदीलाई धन्यवाद दिएका थिए
प्रा सुबेदी गुगलको जिमेलमा कसरि सांकेतिक शब्द परिवर्तन गर्ने बारे प्रयोगात्मक जानकारी दिए l गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफु सतर्कता हुनु पर्ने बताए l उक्त तालिममा सूडानी मूलका पुरुष तथा महिलाहरु डा सुबेदी द्वारा दिएको तालिम बाट निकै उत्प्रेरित ,शिक्षा प्रद तथा आफुहरु उत्साहित भएको बताएका थिए l
उन्ले आइफोन हराएमा कसरि भेट्ने त्यो पनि प्रयोगात्मक रुपमा प्रदर्शन गरि देखाए l जहिले पनि सामाजिक संजाल (अनुहार पुस्तिका ) तथा इमेल (बिधुतीय डाक ) २ वटा सहायता (रिकोभरि) राख्नु पर्ने सुझाब दिए l उनले साइबर अपराधको बारेमा कैयौ घटनाका उदाहरण प्रस्तुत गर्दै भबिष्यमा कारहरु पनि अंतरजाल बाट चल्ने र त्यस्मा यन्त्र नै नहुने बताए l कार्यक्रम पश्च्यात डा.रामहरी सुबेदी(बिद्या वारिधि)ले सहभागी तथा सूडानी अमेरिकन समुदायका बिशेष ब्यक्तिले प्रमाण पत्र वितरण गरेका थिए l
No comments:
Post a Comment