Sunday, December 11, 2016

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

susilaकलैया, २६ मङ्सिर । प्रधानन्यायाधीश सशुीला कार्कीले आज बारा जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले जनताको हक अधिकारका संरक्षण गर्न न्यायालय प्रतिबद्ध रहेको उल्लेख गर्दै जनतालाई सर्वसुलभ न्याय दिइनुपर्छ भन्नुभयो । उहाँले न्याय गर्दा हार्ने र जित्ने दुवैको चित्त बुझ्ने तरिकाबाट फैसला गर्नुपर्छ भन्नुभयो ।
सो अवसरमा न्यायाधीश रीतेन्द्र थापाले जिल्ला अदालतबाट भए-गरेका काम बारे जानकारी दिनुभएको थियो । जिल्ला न्यायाधीश भोजराज शर्माको सभातित्वमा सम्पन्न कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेशवीरसिंह बस्नेत, सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले न्यायसम्बन्धी प्रकाश पार्नुभएको थियो । आजै प्रधानन्यायाधीश कार्कीले बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...