पोखरा, १८ मङ्सिर । वाणिज्यमन्त्री रोमी गौचन थकालीले संविधान संशोधनको प्रस्ताव नेकपा एमालेले पेस गरेको पुरानै खाका भएको बताउनु भएको छ ।
महिला हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत नेपाल महिला सङ्घ कास्कीले आज यहाँ आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले आपूmले संशोधन प्रस्ताव पेस गर्दा राष्ट्रघात नहुने र अरुले त्यही प्रस्ताव पेस गर्दा राष्ट्रघाती भएको भन्दै हिँड्नुमा कुनै तुक नभएको टिप्पणी गर्नुभयो ।
उहाँले मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउँनकै लागि संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका– संसद्मा पेस गरिएको जानकारी गराउनुभयो ।
स्थानीयलगायत तीनै तहको निर्वाचन पक्का हुन्छ यी निर्वाचन कुनै हालतमा रोकिन्न भन्दै वाणिज्य मन्त्री थकालीले जो निर्वाचनमा जान डराउँदैछ उनीहरुले नै निर्वाचन अब हुदैन भन्दै हिँडेर अफवाह पैmलाएको उल्लेख गर्नुभयो ।
मन्त्री थकालीले महिला हिंसा रोक्न समाजमा देखिएका असमानताको अन्त्यका लागि महिला र पुरुषको समान दायित्व भएको धारणा राख्नुभयो ।
सांसद शारदा पौडेलले महिला क्रियाशील भए मात्रै नेपाली काँग्रेस बलियो हुने बताउँदै स्थानीय तहको निर्वाचन जित्न महिला सङ्गठन मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अनिता तिमिल्सिनालगायतका वक्ताले महिला हक अधिकारका बारेमा बोल्नु भएको थियो ।
No comments:
Post a Comment