Monday, December 5, 2016

नेजाको एघारौ वार्षिक साधारण सभा वाशिंगटन डी.सि. मा हुने

उत्तर अमेरिकामा रहेका नेपाली मूलका संचारकर्मीहरुको साझा संस्था नेपालअमेरिका पत्रकार संघ, नेजाको एघारौ वार्षिक साधारण सभा वाशिंगटन डी.सि. मा हुने भएको छ । गत शनिवार बसेको नेजा कार्य समितिको बैठकले आगामी मे महिनाको ६ र ७ तारिखका दिन वाशिंगटन डी.सि. मा संघको एघारौ वार्षिकसाधारण सभा गर्ने निर्णय गरेको हो |नेजाको विधान अनुसार, हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरपारेर मे महिनाको पहिलो सप्ताहान्तमा नेजाको साधारण सभा गर्ने गरिएको छ ।
आसन्न एघारौ वार्षिक साधारण सभा सम्पन्न गर्नको लागि उपाध्यक्ष गुणराजलुंईटेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ भने मुल आयोजक समितिका अन्य सदस्यहरु संयोजक लुइंटेलले चयन गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ । साधारणसभा हुने स्थान र सो को बिस्तृत बिबरण आयोजक समितिले उपलब्ध गराउनेछ |

नेजाले आफ्नो अधिवेसन र साधारणसभामा प्रकाशित गर्दै आएको प्रयासस्मारिका प्रकाशनको जिम्मा महासचिवलाई प्रदान गरेको छ ।

तोया दाहाल
महासचिव,नेपाल अमेरिका पत्रकार संघ (नेजा) डिसेम्वर ५, २०१६

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...