काठमाडौं,९ पुस । कृषिमन्त्री गौरिशंकर चौधरीले कृषि क्षेत्रको विकासका लागि सातै प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका छन ।
‘नेपाल कृषि प्रधान देश हो, कृषिको बिकास बिना नेपालको बिकास असम्भव छ, उनले भने, हामी अनुसन्धान केन्द्रको स्थापनाका लागी छलफल र निर्णयको अन्तिम तयारीमा छौँ ।’
पश्चिम चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र र राष्ट्रिय गाई अनुसन्धान फार्मको अबलोकनपछि सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि मन्त्रालयले छिटै कृषि यन्त्र विनियमलाई संशोधन गरि पुर्णता दिएपछि बिभिन्न कामहरुले पूर्णता पाउने दाबी गरे ।
उनले कृषि यन्त्र विनियमको संशोधन नगर्दा धेरै समस्या भएको भन्दै त्यसलाई संशोधन गरेर कृषि क्षेत्रका नयाँ विकासका योजनाहरु केहि महिनाभित्रै सार्वजनिक गर्ने बताए ।
मुलुकमा कृषि क्षेत्रका दक्ष जनशक्तिहरुलाई स्वदेशमा नै राख्नका लागी पेन्सन व्यवस्थाको ग्यारेन्टी गरेको उनले जानकारी दिए ।
दक्ष जनशक्ति बाहिरिनेक्रम बढेकाले उनीहरुलाई टिकाउन अर्थ मन्त्रालयसँग अनुमति लिएर पेन्सनको व्यवस्था ग्यारेन्टी गरेकोले पनि अब दक्ष जनशक्ति मुलुकमै रहने र देशको बिकास पनि द्रुत गतिमा हुने दावी गरे ।
No comments:
Post a Comment