Sunday, December 25, 2016

गाली गरेर होइन, आईसिटीको प्रयोग गरी चमत्कार देखाउ युवा – सञ्चार मन्त्री सुरेन्द्र कार्की

– साधना बस्नेत, काठमाडौं
क्यान महासंघको २३ औं साधारण सभालाई स्वागत गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री सुरेन्द्र कार्कीले आइटीमा अबको युवा पुस्ता भविष्य रहेको बताए । आईसिटीको प्रयोग विना देशको विकास हुन सक्तैन, त्यसकारण आजको युवाहरुले राजनीतिलाई गाली गरेर होइन आइटीमा चमत्कार गरेर देखाउनुपर्छ सञ्चार मन्त्री कार्कीले भने । अहिले मुलुकलाई सम्बृद्धि बनाउने जिम्मा युवाको काधमा आएकोले  आईसिटीलाई टुल्सको रुपमा प्रयोग गरेर अगाडी बढ्न जोड दिदै सूूचना सञ्चार मन्त्री कार्कीले क्यान महासंघको २२३ औं साधारण सभाको सफलताको कामना समेत गरे ।
कम्प्युटर एशोसियशन नेपाल महासंघ क्यान महासंघ को २३ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि सञ्चार मन्त्री सुरेन्द्र कार्की रहेका थिए ।   महासंघका अध्यक्ष ई. विनोद ढकालको सभापतित्वमा सम्पन्न भएको २३ औं साधारण सभा कार्यक्रम बीच क्यान महासंघ कैलाली, सुर्खेत, काभ्रे, गोर्खा र झापा शाखालाई २०७२ ०७३ को उत्कृष्ट जिल्ला शाखा घोषित गरिएको थियो । सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा सूचनामुलक चेतनामुलक तथा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेर बापत सुर्खेत, काभ्रे र झापा शाखालाई पुरस्कृत गरिएको हो । पुरस्कृत जिल्ला शाखा टीमलाई प्रमुख अतिथि  संचार मन्त्रि  सुरेन्द्र कार्कीले नगद सहित खादा र प्रशंसा पत्रद्धारा सम्मान गरेका थिए।
can-chapters-award

best-can-chapters-awardbest-can-chapter-award

सम्पन्न क्यान महासंघको २३ औं साधारण सभाले बिधान संसोधनका महत्वपूर्ण बुँदाहरु संसोधन प्रस्ताव पारित गरेको छ । साथै यस वर्षदेखि क्यान महासंघले अनलाइनबाटै सदस्य बन्न मिल्ने ई सिष्टमको विकास गर्ने घोषणा गरेको छ । यो सिष्टम पश्चात क्यान महासंघका देशभरिका सदस्यहरुले अनलाइनबाटै सदस्यता नवीकरण, शुल्क भुक्तानी तथा अन्य महत्वपूर्ण कामहरु गर्न सक्ने क्यान महासंघले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...