Wednesday, December 7, 2016

दलहरु एकै ठाउँमा बस्नुपर्छ : नेता नेपाल

madev-nepalवासिङ्टन, २२ मङ्सिर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ ।

साताव्यापी भ्रमणका सिलसिलामा यहाँ आउनुभएका नेता नेपालले रासससँग कुरा गर्दै भन्नुभयो – अहिले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग अनुरोध गर्दछु ।

संशोधनप्रति मधेसवादी दलहरु समेत सन्तुष्ट नभएको र जनतामा आक्रोश पैदा गराएको उहाँको भनाइ थियो ।

एमालेले र अहिले जनताले समेत सङ्घीयताको विरोध नगरेको उल्लेख गर्दे नेता नेपालले भन्नुभयो – “अहिले जनआक्रोश सीमाङ्कनको विषयमा मात्र केन्द्रित भएकाले यसलाई सङ्घीयताकै विरोधको रुपमा लिन हुँदैंन ।”

नेता नेपालले देशलाई एकताबद्ध गर्ने, संविधानको कार्यान्वयन गर्ने र निर्वाचन सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...