Tuesday, December 20, 2016

कलाकारलाई प्रकृति नै स्वर्ग

snfsf/sf] k|s[lt df]x e"sDkn] lylNylnPsf] /;'jf lhNnfsf] k|s[ltnfO{ lrqsnfsf dfWodaf6 ptfb}{ snfsf/ hLjg /fhf]kfWofo . tl:a/ M Zofd l/dfn, /f;;

काठमाडौँ, ५ पुस । भूकम्पले थिल्थिलिएको रसुवा जिल्लाको प्रकृतिलाई कलाकारले चित्रकला र मूर्तिकलाका माध्यमबाट उतारेका छन् ।
वन्यजन्तु पीडित उद्धार कोषले गत कात्तिक २२ देखि मङ्सिर २२ गतेसम्म स्वदेशी र विदेशी गरी ३५ चित्रकार तथा मूर्तिकारलाई रसुवा जिल्लाका धुन्चे, स्याफ्रुबेंसी, भार्खु, लाङटाङ, गोसाइँकुण्डमा त्यहाँको जनजीवन, पशुपक्षी, हिमाल र ताललाई कलामा अभिव्यक्त गरेका थिए ।
अठ्ठाइस नेपाली र सात विदेशी(फ्रान्स, स्पेन, अमेरिका, थाइल्यान्ड, बङ्गलादेश, र बेल्जियम)का कलाकार रसुवामा भएको खुला कला कार्यशालामा सहभागी थिए ।
भगवान्ले लुकाएको गाउँ ‘लाङटाङ’को क्यान्जिन उपत्यका केही विदेशी नजरमा परे र त्यसलाई सीसाकलमले क्यान्भासमा कोरे । क्यान्जिन विश्वकै चौथो सुन्दर ठाउँ मानिन्छ । भूकम्पले यसलाई पनि मारमा पा-यो ।
कलाकारले लोपोन्मुख चौँरीगाई, हाब्रे, वानर, तामाङ आमा–महिला आदिका माध्यमबाट सम्पदा संरक्षणको वकालत गरेका छन् । चिसो दुर्गम सुविधाविहीन ठाउँका अक्षिक्षित महिलाहरु सेलफोन चलाउन सक्ने देखाएर तिनको शक्तिलाई कलाकारले प्रस्तुत गरेका छन् ।
जीवन राजोपाध्याय, सिर्जन राजभण्डारी, ज्योतिप्रकाश विक, शशिकुमार डङ्गोल डिल्लीराज शर्मा घिमिरे आदिका चित्रकलामा नीलो, हरियो रङ नै बढी पोतिएका छन् जसले तिनको हरियाली र सुन्दरता देखाउँछन् । आर्केलिक, पानीरङ, सिसाकलम, क्यान्भास चित्रकलाका माध्यम छन् । बेल्जियमका योअन रोबिनले पदयात्राका क्रममा देखिएका वस्तु र अनुभूतिलाई आफ्नो नोटबुकमा नै कोरेका छन्, जुन नेपाल कला परिषद्मा ‘प्रकृतिका लागि कला’शीर्षकमा आयोजित प्रदर्शनीमा अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनी यही पुस १० गतेसम्म चल्ने छ । आर्ट क्लब नेपालका सुदर्शन राणा र सुनीता राणाले कला कार्यशालाको संयोजन गर्नुभएको थियो ।
आठ वटा काष्ठकलाले ज्ञान, प्रकृति आमा, प्रकृतिको कला, सारङ्गी, पात, माछा, चरा, हाब्रे आदिका माध्यमबाट विनाश भइरहेका प्रकृति र वातावरणको विनाश रोक्न आह्वान गरेका छन् । नवलपरासीका शिवप्रसाद न्यौपानेले ‘प्रकृतिको कला’शीर्षक आफ्नो काष्ठकला देखाउँदै भन्नुभयो, “मैले आफूलाई दिइएको मुढालाई कुँदेर शिवलिङ्ग, चरा र पशुको बासस्थान, जङ्गल र पहिरो प्रस्तुत गरेको छु ।”
कलाकार राजोपाध्याय प्रकृतिसँग नजिकै बसेर तिनको छिटो छिटो परिवर्तित रङको अध्ययन गर्दा निकै ज्ञान हासिल भएको बताउनुभयो । विदेशीसँग अन्तक्र्रिया गर्न पाउनु पनि कार्यशालाको उपलब्धि भएको उहाँको भनाइ छ ।
कलाकार सिर्जन राजभण्डारी भन्नुहुन्छ–“भूगोलको एक कुनामा रहेको रसुवाको प्रकृति र त्यहाँका भौतिक वस्तुको अवलोकन अविस्मरणीय रह्यो, कला सिर्जना गर्न प्रकृतिलाई नै रोज्नुपर्दा रहेछ, कलाकारलाई प्रकृति स्वर्गसमान हुन्छ ।”
आयोजक कोषका कार्यकारी सदस्य न्युटनप्रसाद सुवाल कलाकारलाई प्रकृतिसँग बस्न लगाउने, नेपाली कलाको अन्तर्राष्ट्रिय प्रचार गर्ने र प्राकृतिक विषयमा कला सिर्जना गर्ने कलाकार उत्पादन गर्ने उद्देश्यले कार्यशाला र प्रदर्शनी आयोजना गरिएको बताउनुहुन्छ ।
प्रदर्शनमा राखिएका चित्रकलामध्ये उत्कृष्ट प्रमित ढकालको ‘लोपोन्मुख चौँरी’ र मूर्तिकलामध्ये लालकाजी लामाको ‘प्रकृति’शीर्षकको कलाले जनही रु दश दश हजार, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केली प्रकृति संरक्षणलाई कलासँग जोडेर निकै राम्रो काम गरिएको र नेपाली भूगोलमा विदेशीको संलग्नताले मुलुकको प्रचारप्रसार भएकामा सन्तोष व्यक्त गर्नुहुन्छ । चौध वर्षअघि स्थापित कोषले गत साल सौराहामा ‘आर्ट फर नेचर’कला कार्यशाला गरी तारागाउँ सङ्ग्रहालयमा प्रदर्शनी आयोजना गरेको थियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...