Sunday, December 25, 2016

r

ध्रुब क्षेत्री” नेपालमा घर-घर मा नयाशक्ति अभियान चलाएको नयाशक्ति पार्टी नेपालले भारत लगाएत बिस्वका नेपालीहरुको बसोबाश रहेको धरै देशहरु मा आफ्नो अंगिग बिभाग गठन लाइ तीब्रता दिएको छ ।

ro

संगठन बिस्तार मा आक्रामक देखिएको नयासक्ति पार्टी नेपाल ले आज नयाँ शक्ती भारतको दिल्ली एन सि आर. मा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति भारत दिल्ली राज्यको युवा कमिटी गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य, नयासक्ति पार्टीको अन्गिग बिभाग प्रादेशिक कमिटीका युवा संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संयोजक बि बि खराल को प्रमुख आथित्य तथा नयाँ शक्ती भारतका समयोजक तथा पार्टी केन्द्रिय सदस्य मोहन राउत , अर्का केन्द्रिय सदस्य प्रेम न्युपाने ,दिल्ली राज्यका संयोजक रमेश न्यौपाने, अन्तर्राष्ट्रिय नेपाली समाज भारतका युवा संयोजक माइकल क्षेत्रि ,सहितको बिशेष उपस्थितिमा उक्त भेला संपन्न भएको थियो! भेलाको अध्यक्षता कृष्ण खड्काले गर्नु भएको थियो । भारत को दिल्ली छेत्र मा रहेका युवाहरुको उल्लाष पूर्ण उपस्तिथि रहेको उक्त भेलाले एन सि आर. छेत्रिय संयोजकमा गणेश अधिकारीलाइ जिम्मा दिएको छ भने अन्या पधादिकारी पसी थप्ने गरी २७ सदस्य कार्य समिति गठन गरेको छ!।

साथै उक्त भेलामा माओवादी केन्द्रका नेता राजु केसि ले माओवादी परित्याग गरि नयाँ शक्तिमा प्रबेश गरेका छन भने विद्यार्थी कमिटीमा राजु भट्टराई लाइ भारत मा अध्यनरत विद्यार्थी संगठनको सचिबमा मनोनित गरिएको बताइएको छ ।

rosan

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...