Friday, December 30, 2016

नेपाली समाजलाई विखण्डनतर्फ जान दिनुहुँदैन : सचिव भट्टराई

Yogesh_Bhattarai_20140831080937काठमाडौँ, १५ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भौगोलिक विविधताका बाबजुद पनि मिलेर बसेका नेपाली समाजलाई विखण्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा (एमाले)को नेतृत्वमा विभिन्न नौ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिनुभयो ।

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले नौ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्ष रुपमा साथ दिनुपर्नेमा जोड दिनुभयो ।

सोही विभागका सचिव विष्णु रिजालले नौ दलले संयुक्त रुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखण्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकमा विद्यमान समस्याको निकासका लागि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग काठमाडौँ उपत्यकामा शनिबारदेखि बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गरिने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...