Thursday, December 22, 2016

मुलुकलाई निकास दिनुको विकल्प छैन : अध्यक्ष झा

पर्सा, ८ पुस । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लाई आग्रह गर्नुभएको छ ।

उहाँले एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डो¥याउनु कसैको हितमा नभएकाले अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई आग्रह गर्नुभयो ।

नेपाल सद्भावना पार्टी, पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता झाले राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्रलाई कमजोर पार्ने हुँदा मुलुकलाई निकास दिनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

“लोकतन्त्रको विकल्प हुनै नसक्ने र राजनीतिक असमझदारी वार्ता तथा संवादबाट समाप्त पारी मुलुकलाई निकास दिन दलहरु सक्षम रहेकाले निकट भविष्यमै एमाले पार्टीका नेताहरुले हाल देखिएको गतिरोधलाई समाप्त पार्दै मुलुकलाई निकास दिने”–अध्यक्ष झाले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संशोधन प्रस्तावको विषयलाई लिई लामो समयदेखि संसद् अवरुद्ध भए पनि काँग्रेस र माओवादी केन्द्रका नेताहरु अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...