Sunday, December 25, 2016

एनआरएनए अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जिनियामा शुरू

nrn-12

दार ए सलाम ।गैर आवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु भएको छ । एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल हुनेछ । यसैगरी शनिबार नै एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन कार्यक्रम पनि हुनेछ ।

nrn-10

यसअघि शुक्रबार साँझ दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण सबै स्थानमा बराबरीको उपस्थिति गर्न नसक्ने भएपछि समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए ।

nrn-15

उनले सबै नेपाली नेपालको सद्भवनादूत भएको बताए । कार्यक्रममा संरक्षक लामिछाने, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, सदस्य अर्जुन कार्की, एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्की, तान्जानिया अध्यक्ष रोशन थापा, जाम्बियाका अध्यक्ष विदुर खनाल, पत्रकार सुवास ढकालसहितले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु र नेपालीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक शनिबार नै सम्पन्न हुने कार्यक्रम रहेको छ ।

nrn-14 nrn-13 nrn-10 nrn-9 nrn-7 nrn-6 nrn-5 nrn-4 nrn-3 nrn-2 nrn-17

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...