Thursday, December 22, 2016

भर्जिनियामा मालिश पसलमा संदिग्ध ब्यक्तिले महिलालाई अँगालो मार्न खोज्दा पक्राउ

fotoflexer_photo

नेपाली उखान ,चिन्नू न जान्नु घचेडी माग्नु भनेको ठीक रहेछ l यस्तै जस्तै घटना ,अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया को वूडब्रिड्जमा घट्न गएको छ l गत दिसम्बर ६ तारीख आइतबार एक बिहानै भर्जिनियाको वूडब्रिड्ज स्थित मालिश केंद्रमा काम अज्ञात संदिग्ध ब्यक्तिले उक्त पसल कि महिलालाई अँगालो हाल्न अनुरोध गर्दा नमाने पछि उक्त संदिग्ध ब्यक्तिले महिलालाई जबरजस्ती कोठामा थुन्ने प्रयास गरेको कारण प्रहरीले पक्राउ गरेको छ l

प्रिंस विलियम काउंटी प्रहरीका अनुसार ३२ बर्षीय अज्ञात ब्यक्ति क्लारेंस ओलुटायो ओलोउ भएको र उनले अपहरण ,आक्रमण र मारपीट गर्न चाहेको बताएका छन l उक्त संदिग्ध ब्यक्तिले बिहान १० बजे शौचालय प्रयोग गर्न प्रवेश गरेको पीड़ित ४४ बर्षीय महिलाले प्रहरीलाई बयान दिएकि थिईन l प्रहरीले ३ बजे पछि मात्र उक्त घटना बारेमा खोज तलास गरेको थियो l

अज्ञात ब्यक्ति पसल बाट बाहिर गए तार केहि समय पछि मालिश पसलमा आएर महिलालाई भाग्न नदिन भित्र बाट ढोका लगाए l महिला र उन बिच सामान्य झड़प हुदै महिला भाग्न सफल भएको र सामान्य चोट पटक लागेको प्रहरीले जनाएको छ l पुर्पक्षको लागि प्रहरीले उनीलाई थुनामा राखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...