Thursday, December 29, 2016

“नेपाल अपाङ्ग सङ्घ” खगेन्द्र नवजीवन केन्द्रलाई सुविधा सम्पन्न बनाउन छलफल सुरु

अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ ।

राजधानीको जोरपाटी हुदै साखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अबस्थित  खगेन्द्र नवजीवन केन्द्र’ ८५ रोपनी क्षेत्रफलमा अबस्थित गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । यहाँ  अबस्थित १८ जना अपांगहरुको खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

शारीरिक असक्षमता कसैको रहर हुदैन यो त कुनै  पनि मानिसहरु लाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो,जसलाई जसरी पनि र जहिले सुकै हुन  सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठै ,बरा ,छि छि र दुर दुर हैन सहानुभूति माया र अबसरको  अनुभूति दिन आबस्यक हुन्छ।

केन्द्रले राजधानीबाहेक मुलुकभर झापा, धनुषा, काठमाडौँ, दाङ, बाँके र कैलालीमा शाखा विस्तार गरी सेवा दिइरहेको छ । केन्द्रले हाल कार्यालय परिसरमा हाड र नसासम्बन्धी १०० शै्ययाको नेपाल अर्थापेडिक अस्पताल सञ्चालन गरी आर्थिक रुपमा सक्षम भएका व्यक्तिलाई सशुल्क र आर्थिक रुपमा विपन्न व्यक्तिको निःशुल्क रुपमा उपचार गर्दै आएको छ । त्यस्तै केन्द्रले खगेन्द्र माध्यमिक विद्यालय सञ्चालन गरी अपाङ्गता भएका विद्यार्थीलाई शिक्षाको सहज पहुँच पनि दिदै आएको छ।

केन्द्रले सरकारसँग अपाङ्गमैत्री कार्यालय भवन, स्याहार गृह र तालिम  केन्द्र निर्माणको अपेक्षा गरेको अनुसार यस क्षेत्रका माननीय सांसद रामेश्वर फुयालले खगेन्द्र नवजीवन केन्द्रलाई सुधार गरी अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सहज र सरल बनाउने बारेमा बिगतदेखिनै सरोकारवाला, सरकार र स्थानीय स्थरमा छलफल गर्दै आउनु भएकोमा भर्खरैमात्र नेपाल अपाङ्ग सङ्घको अबलोकन तथा बिस्तृत छलफल गर्नु भएको छ ।

केन्द्रको सुधारको बारेमा सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारी स्वयमले चासो व्यक्त गर्नु भएको छ  भने यस अघि धेरै पटक राष्ट्रपति कार्यालय र स्थानी यस्तरको छलफल पछी माननीय सांसद रामेश्वर फुयाल, राष्ट्रपति कार्यालयका प्रतिनिधी, कन्सल्ट्यान्टका प्रतिनिधी र नेपाल अपांग संघ, नेपाल स्पाइस कर्ड इन्जुरी स्पोर्ट एसोसियसन लगायतका प्रतिनिधीहरु बिच केन्द्रमा छलफल गरिएको छ ।

केन्द्रको वर्तमान अवस्थाको अबलोकन गर्दै यसका सेवा सुविधालाई व्यवस्थित, प्रभावशाली बनाउन, ५०० जना क वर्गका अपांगता भएका व्यक्तिगरु बस्न पुग्ने आवास निर्माण, विध्यालय व्यवस्थापन तथा ५०० विध्यार्थी अटाउने आवास, अस्पतालबाट डिस्चार्ज भएका अपांगता भएका व्यक्तिरुको पुनर्स्थापना र दैनिकी सहज बनाउने सुविधा सम्पन्न पुनर्स्थापना केन्द्र, अपांगता भएका व्यक्तिहरुलाई आर्थिक उपार्जनका काममा जोड्न प्रविधिक तालिम, अपांगमैत्री खेल मैदान, पुस्तकालय, अनुसन्धान केन्द्र निर्माण लगायतका सुझावहरु प्राप्त भएका छन ।

तस्विर: ललिता खड्का, न्यु एल के स्टुडियो सरस्वति नगर

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...