Monday, December 26, 2016

अमेरिकामा नेपालीहरूको क्रिस्टमस

अमेरिकाको राजधानी वाशिंगटन डीसी नजिकै भर्जिनियामा नेपालीहरूले क्रिस्टमस पर्ब मनाए ।भर्जिनिया को भिएना स्थित म्याक्लिन ब्यापिस्ट चर्चमा क्रिस्टमस इभको दिन शनीबार सा’झयुनाइटेड नेप्लिज फेलोशिप  ( FNO ) नामक भर्जिनियामा रहेका नेपालीक्रिस्चियनधर्मालम्बीहरूको स’स्थाको अायोजनामा भएको थियो ।

चर्च मा ” यशु ” को भजन / प्राथना ,” यशु ” का नाममा गीत, स’गीत सहितको सा’स्कृतिक कार्यक्रम अायोजना गरिएको थियो ।

कार्यक्रमका अतिथि कलाकारहरू नेपाल देखि अाएका लोक दोहोरीका कलाकारहरू लझ्मण पाैडेल र कल्पना पाैडेल को लोकभाकामा दर्शकहरू स्वतस्फूर्त नाचेका थिए । बेनीको बजार …. जता माया …… ऊतै छ नजर ….. भन्ने चर्चित लोकभाकालाइ
क्रिस्चियनयनकरण गरेर गाइएको  ” बेनीको बजार ….. जता “यशु” ऊतै छ नजर …
क्रिस्टमस मा गराै’ रमाइलो ? ” भन्ने लोकगीतमा सबैभन्दा धेरै दर्शकहरू मन्च अगाडी गएर नाचेका थिए ।

अायोजक स’स्थाका Mrs.सितल श्रेष्ठ ,
एरिक श्रेष्ठ , सुधिर थापा, अरूण राइ र
सियोन सुब्बा ( गुरू’ग ) को टोलीले
” यशु ” को जन्म बारे एक नाटक – मन्चन गरेका थिए ।

Maryland को Himalayan Baptist Church का Pastor श्री प्रकास मेघी गुरू’गले
अागन्तुक सबैलाइ धन्यबाद-ज्ञापन गरेका थिए ।

प्राइड नेपालका अध्यक्ष कृष्ण श्रेष्ठ  , रमेश मैनाली, अर्जुन गुरू’ग, रिता श्रेष्ठ , अाशिषजी
लगायतका कार्यकर्ताहरूको सकृयतामा कृस्टमस्-कार्यक्रम अायोजना भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...