Sunday, December 11, 2016

सोह्रदिने अभियानमा दुईसयभन्दा बढी महिला हिंसाको सिकार

काठमाडौँ, २६ मङ्सिर । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा २७१ भन्दाबढी महिला विभिन्न किसिमको हिंसाको सिकार बन्नुपरेको अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले बताएको छ ।

सो अवधिमा सबैभन्दा बढी २४२ जना घरेलु हिंसाको सिकार बन्नुपरेको छ । पाँचजना महिलाको परिवारजनबाट हत्या भएको, कथित बोक्सीको आरोपमा तीनजना, यौन दुव्र्यवहारमा दुई जना, नौजना महिलामाथि बलात्कार तथा तीनजना महिलामाथि बलात्कार प्रयासका घटना भएको, बहुविवाहका कारण चारजना, बालविवाहका कारण दुईजना, बेचबिखनको प्रयासका कारण तीन जना पीडित भएका इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरेपनि हिंसाको प्रकृति फरक भएपनि सङ्ख्यात्मकरुपमा कमी आउन सकेको छैन ।

हिंसाको प्रकृतिअनुरूप सजायको कानुनी प्रावधान तर्जुमा गरी कारबाहीको प्रक्रिया अघि नबढाएसम्म यस्ता घटनामा कमी नआउने अध्यक्ष प्याकुरेलको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...