Tuesday, December 6, 2016

अन्तर्दृष्टिको प्रधान संपादकमा छविरमण

अन्तर्राष्ट्रीय नेपाली साहित्यसमाजको त्रैमासिक पत्रिका “अन्तर्दृष्टि”को प्रधान सम्पादकमा छविरमण सिलवाल नियुक्त भएका छन | अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय  गरेको  हो |    

   नेपाली भाषा र साहित्यको विकासमा अढाई दशकदेखि  समर्पित अनेसासको उक्त प्रकाशनमा साहित्यिक सिर्जनाका अतिरिक्त भाषा साहित्यिकका  खोजमूलक लेखहरू समावेश  गर्ने  गरिन्छ |  

सिलवाल तीन दशकदेखि साहित्यिक सिर्जनाका साथै साहित्यिक  पत्रकारितामा समर्पित छन |

सिलवालको कार्यावधि दुईवर्षको रहने छ |

गोवर्धन पूजा 

महासचिव

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...