Wednesday, December 28, 2016

ब्यबसायिक मोडलिङमा आफ्नो भाग्य कोर्दै – मोडल सोफिया पोमु

15782420_1830110007269761_797005184_n

सुर्य चन्द काठमाडौँ: मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सोफिया पोमु लागेकी छिन l

15801263_1830110023936426_2042532181_n

पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सोफिया काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा पोख्त सोफिया पोमु सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l दर्जनौं फेसन सो हरुमा रयांप मोडलिङ गरेर चर्चा कमाईसकेकी सोफियाले केहि म्युजिक भिडियोहरु मा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छीन, उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l

15782605_1830109940603101_1689362898_nभर्खर मात्र २० औ बसन्तमा प्रवेश गरेकी सोफिया पोमु हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सोफिया पोमु यदि राम्रो ठाउ बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन l सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सोफिया पोमु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l सोफिया पोमु भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

15782605_1830109940603101_1689362898_n 15782420_1830110007269761_797005184_n 15782227_1830109983936430_756494919_n 15750155_1830109960603099_145479198_n 15750155_1830109957269766_169443763_n 15749811_1830110010603094_1775930376_n 15749764_1830109937269768_1519870831_n 15749737_1830109953936433_544499652_n 15749719_1830109980603097_1628197352_n 15749545_1830110017269760_1072693798_n 15749515_1830110020603093_970496110_n 15749459_1830109990603096_672297403_n 15731530_1830109970603098_687406765_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...