Tuesday, December 27, 2016

एमालेले संसद् अवरुद्ध गर्नुको औचित्य छैन : राई

खोटाङ, १२ पुस । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आउनुभएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद् अवरुद्ध गरेर देशलाई सङ्कटतर्फ धकेलेको आरोप लगाउनुभयो ।

अहिलेको अवस्थामा जारी संविधानले मुलुक चलाउन नसक्ने भएकाले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउँदै पार्टी संसदीय दलका नेता राईले भन्नुभयो, “अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको छ । सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद् नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।”

स्थानीय तहको निर्वाचन सम्बन्धमा पत्रकारले गरेको प्रश्नको जवाफमा नेता राईले देशमा पुरानै संरचनामा निर्वाचन गर्न नहुने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...