गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्टको प्रमुख आथित्य तथा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पुर्ण वानियाको अध्यक्षतामा सान फ्रान्सिस्को बे एरियाको सन्निभेलमा आज डिसेम्वर ८ का दिन टाउनहल मीटिंग सम्पन्न गरियो ।
उक्त कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै एनआरएनए आईसीसीका उपाध्यक्ष तथा आजका प्रमुख अथिति भवन भट्ट र आरसी एसी सेर्पाले आईसीसीको सम्वन्धित प्रश्नको उत्तर दिनुभयो भने एनआरएनए अमेरिकाका सम्वन्धित प्रश्नको उत्तर एनआरएनए अमेरिकाका क्षेत्रीय उपाध्यक्ष डिल्ली भट्टराई र एनआरएनए अमेरिकाको महिला कोअर्डिनेटर राधा पौडेलले दिनुभयो । स्वागत भाषण एनआरएनए क्यालिफोर्निया च्याप्टरको वोर्डअफ डाईरेक्टरले गर्नु भएको थियो भने समाज सेवी दुर्गा दाहालले एनआरएनए सम्वन्धि आफ्ना जिज्ञासा र सुझाव राख्नु भएको थियो । त्यसरीनै एनआरएनए आईसीसीका अमेरिका सम्वन्धी हेर्ने मीडिया कोअर्डिनेटर कृष्ण केसीले पनि सुझाव दिनुभयो ।
एनआरएनए अमेरिकाले यसरी टाउनहल मीटिंग गरि एनआरएनको सदस्यता वितरण गर्न अमेरिकाको चारवटै क्षेत्रका क्षेत्रीय उपाध्यक्षहरूलाई जीम्मा लगाए वमोजिम क्यालिफोर्निया स्थित सन्नीभेलमा पनि यो टाउनहल मीटिंग भएको हो । आउदै गरेको एनआरएनएको चुनावलाई मध्य नज़र राखी निस्पक्ष सदस्यता वितरण गर्नुपर्ने कुरालाई आत्मसात गरि एनआरएनए अमेरिकाले टाउनहल मीटिंगको प्रावधान गरेको हो ।
त्यसैले आज क्यालिफोर्नियाबासी गैह्र-आवासीय नेपाली दाज्यू-भाई, दिदि-बहिनी, संचारकर्मी प्रतिनिधि एवं विभिन्न नेपाली संघ संस्थाका अध्यक्षज्यूहरू समेत उक्त अन्तरक्रिया तथा एनआरएन अमेरिकाको साधारण सदस्यआई टाउनहल मीटिंगको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा वढाई दिनुभएको थियो ।
त्यसै गरि सन्नीभेल, क्यालिफोर्नियामा डिसेम्वर आज ८, २०१६ बेलुकी ५:३० बजे आयोजना गरिने सूचना गरिएता पनि ७.१५ वजे शुरू भएको थियो । उक्त कार्यक्रममा नर्दन क्यालीफोर्नीया जन सम्पर्क समितिका अध्यक्ष पूर्ण सेर्पा,न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्की, सन्नी सगरमाथा समाजका अध्यक्ष वलराम पाण्डे,एनएजिसीका अध्यक्ष मणि नेपाली पनेरू,लायन्स क्लवका फ्रिमण्ट सगरमाथाका अध्यक्ष सन्तोष गिरी,लायन्स कल्वअफ सन्फ्रान्सिस्को वुद्धका अध्यक्ष प्रकाश लामा,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लाक्पा डेण्डी सेर्पा,नेजाका महा सचिव तोया दाहाल, नेजाका क्षेत्रीय निर्देशक ध्रुव कुँवर, नेपाल दर्पनका अमृत कुवर,एनडव्लु जीएन क्यलिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष विष्णु गुरूगं एकता,एनआरएनए ओरिगन च्याप्टरका सचिव सुनिल राज कर्णिकार,समाज सेवी हरिहर दाहाल,दुर्गा दाहाल, विनोद भट्ट,विश्व भट्ट,विश्व भण्डारी,वन्दु पोख्रेल,क्यानाडा देखी भवन भट्ट सँगै आउनु भएको शिसिर भट्ट, हरूको समेत गरिमामय उपस्थिति भएको थियो । साथै एनआरएनएका हामी सबै साधारण सदस्य देखि लिएन कार्य समिति लगायत अभियन्ताहरूले आफ्ना आफन्त, छरछिमेकमा समेत जानकारी गरी यो समाचार समेत शेयर गर्नका लागि सादर अनुरोध गर्दछाै ।
कार्यक्रमस्थल:
Vara Restaurant
250 E Java Dr , Sunnyvale , CA 94089
कार्यक्रम मिति: December 08 , 2016
समय:बेलुकी ५:३० बजे
बिनित: NRN NCC USA and California Chapter family ले पूर्ण रूपमा खटेर सम्पन्न गर्यो । उक्त कार्यक्रमको संचालन एनआरएनए क्यालिफोर्निया च्याप्टरका सचिव सुरेन्द्र मल्लले संचालन गर्नुभयो ।
—सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका
No comments:
Post a Comment