काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका– संसदमा भईरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखी ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणवारे जानकारी गराउनु भएको थियो ।
सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतका नेतासंग छुट्टाछुट्टै छलफल गरेको जानकारी गराउनु भएको उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।
छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिवद्ध रहेको बताएकाले सहमतिको वातावरण बनाउन आपूm सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराउनु भयो ।
राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर सहमति जुटाउन संयोजनकारी भूमिका निर्बाह गर्दै संसदका गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्नुभएको थियो ।
Friday, December 2, 2016
राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment