Tuesday, December 20, 2016

बाल्टीमोरमा एन.अार.एन. को टाउनहल मीटिङ्

गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)ले सदस्यता सम्बन्धी सुझाव संकलन कार्यलाई तिब्रता दिदै आएको छ । यसको अन्तिम कार्यक्रम डिसेम्बर १८ तारिक आइतावार बाल्टीमोरमा सम्पन्न भएको हो ।

उपाध्यक्षहरुको नेतृत्वमा सदस्यता वितरण संबन्धी सुझाव तथा अन्य एनआरएन पद्दतीका बारेमा सुझाव संकलन कार्य आगामी तीन महिनाभित्र गरी सक्ने एनआरएनले यस अघिनै निर्णय गरीसकेको छ । सदस्यता सम्बन्धी चेतना अभिबृद्धि र सुझाव संकलन गर्न बाल्टीमोरमा आयोजना गरिएको टाउनहल मिटिंगको एनआरएन उपाध्यक्ष तथा बानाका पूर्व अध्यक्ष रविना थापाले संयोजन गर्नु भएको थियो । एनआरएन अब सदस्यता सम्बन्धी आवश्यक विनियम,नेपालमा बन्दै गरेका एनआरएन कानुन र यस्का  लागि मार्ग निर्देशन तयार गर्दै संगठन विस्तारमा गतिशील भएको जानकारी उपाध्यक्ष थापाले दिनु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...