Friday, December 16, 2016

अमेरिकामा कार दुर्घटनामा होनहार बिद्यार्थी ममता कंडेलको मृत्यु ( दुखद समाचार )थप जानकारी

img_5578

अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेल को मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ l

गत बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ l

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ l

भर्जिनियामा उनका नजदीक का शर्मा परिवारले जानकारी दिए अनुसार ऊनि मास्कोमा रहने बुझिएको छ l तर अध्ययन को क्रममा संन २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन l

img_7139

तस्बीर श्रोत : कुलआर८ डटकम 

जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन l अतिरिक्त क्रियाकलापमा समेत प्रतिभाशाली स्व ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन l

उनि एक होनहार  छात्रा हुनुको साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारलले जानकारी दिएका छन l

हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो l

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध माल बाहक गाड़ीलई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए l मृत्रक छात्रा कंडेलले पेटी चाही लगाएको सहित उनले बताएका थिए l

img_5577

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...