Friday, December 16, 2016

गायक तथा र्यापर भरत समारीको तेरो बाउ मेरो बाउ चाडै सांगीतिक बजारमा आउदै

15621995_10210004179093512_8958714293101967411_n

काठमाण्डौ : चर्चित गायक तथा र्यापर भरत समारीको नया गीत चाडै नेपाली सांगीतिक बाजारमा आउन लागेको छ l लामो समयको अन्तराल पछि धेरै मेहनतका साथ तयार पारिएको उक्त गीत “तेरो बाउ मेरो बाउ माछा मार्न गए तलाई टाउको मलाई पुच्छर” भन्ने ठेट नेपाली शब्दलाइ प्रयोग गरेर त्यसमा र्याप प्रयोग गरिएको छ l भर्खरै मात्र उक्त गीतको म्यूजिक भिडियोको शूटिंग काठमाण्डौको बिभिन्न डिस्को, बार र अन्य रमणीय स्थलमा गरिएको छ l बिशेषत युवा बर्ग लाइ लक्षित गरी बनाइएको उक्त म्यूजिक भिडियो चाडैनै नेपाली सांगीतिक बजारमा आउने कुरा गायक तथा र्यापर भरत समारीले जानकारी गराए l

dsc06202

फरक प्रकारले छायांकन गरिएको उक्त म्युजिक भिडियोमा अमेरिकन डलरको प्रयोग गरि डिस्कोमा डलर उडाएका छन भने नेपालमानै पहिलो पटक होभर बोर्डको प्रयोग गायक भरत समारीले गरी म्युजिक भिडियोको दृश्य लिएका छन l उक्त गितमा भरत समारीलाइ अर्का गायक डर्टी पिट्जले साथ दिएका छन भने मोडलमा गायक भरत समारी, रितु थापा श्रेष्ठ, यसुदा गिरी, राजेन्द्र गिरी (गिरी राज) बिस्वको होचो कलाकार दीपेन शाह लगायत बी ब्वाइजहरुले समेत अभिनय गरेका छन l उक्त म्युजिक भिडियो निर्देशन बिशेष पन्तले गरेका छन भने छायांकनमा मधुर बस्नेतले गरेका छन त्यसैगरी ब्याबस्थापनमा राजीब धमला रहेका छन l म्युजिक भिडियोको छायांकन एकदम राम्रो भएको अनि फरक शैलीमा आफुले निर्माण गरेको कुरा गायक भरत समारी बताउछन भने उक्त म्युजिक भिडियो सम्पूर्ण संगीत प्रेमीहरुको रोजाइमा पर्ने कुरामा समेत उनि विश्वस्त छन l

dsc06187

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...